च्याम्पियन्स लिग : बार्सिलोना नकआउट चरणमा

काठमाडौं । स्पेनिस क्लव बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छ ।

गएराति भएको समूह ‘बी’को खेलमा ईटालीको ईन्टर मिलनासँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना प्रतियोगिताको नकआउट चरणमा उक्लिने पहिलो टोली बनेको हो । बार्साले ४ खेलबाट १० अंक जोड्दा दोस्रो स्थानमा रहेको ईन्टर मिलानको ७ अंक छ । ४ अंक जोडेको इंग्लिस क्लव टोटनह्याम हट्सपरको पनि अर्को चरणमा पुग्ने सम्भावना जीवित छ ।

गएरातिको खेलमा नेदरल्याण्ड्सको पीएसभी आन्डोभनलाई २–१ ले हराउँदै टोटनह्यामले प्रतियोगितामा अर्को चरण प्रवेशको सम्भावना जीवित राखेको हो । च्याम्पियन्स लिग समूह ‘ए’को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदा बेल्जियमको क्लब ब्रुजले फ्रान्सको मोनाकोलाई ४–० ले पाखा लगायो ।

गएराति इंग्ल्यान्डको लिभरपुल भने पराजित भयो । लिभरपुललाई सर्वियाको रेडस्टार बेलग्रेडले २–० ले हराउँदा समूहको अर्को खेलमा ईटालीको नापोली र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

गएराति भएका अन्य खेलमा पोर्चुगलको एफसी पोर्टोले रुसको लोकोमोटिभ मस्कोलाई ४–१ ले हराउँदा जर्मनीको शाल्काले टर्कीको गालातासारेलाई २–० ले पराजित गर्‍यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस