काठमाडौंको धुलोले बालबालिका पनि दमका रोगी

काठमाडौं । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानको सडक सद्दे छैनन् ।

भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहुनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौंदेखि धुलो र धुवाँबाट आजित रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

धुलोका कारण बच्चादेखि वृद्धवद्धासमेत प्रभावित भएको चिकित्सकहरुको भनाइ छ । ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बचचामा पनि दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञ दीर्घसिंह बमले भने, ‘धुलोले जनाताको स्वास्थ्यमा यति गम्भीर असर गरेको छ कि यसलाई कसैले गम्भीरतापूर्वक लिएकै छैनन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस