विदेश जाँदा अब १५०० डलर मात्र साट्न पाइने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले १५ सय अमेरिकी डलर वा सो बराबर अन्य विदेशी मुद्रा मात्र सटही गर्न पाइने नयाँ नियम ल्याएको छ । राष्ट्र बैंकले मंगलबार बैंकहरूलाई १५०० डलर वा सो बारबर अन्य विदेशी मुद्रा मात्र सटही गर्न परिपत्र गरेको हो ।

यसअघि विदेश भ्रमणमा जाने नेपालीले नेपालका बैंक, वित्तीय संस्था तथा इजाजतप्राप्त अन्य निकायबाट २५ सय अमेरिकी डलर वा सो बराबर विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्दै आएका थिए। उक्त सीमा घटाएर १५ सयमा झारिएको हो । राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र २०७४ को संशोधनमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई एक पटक विदेश जाँदा १५ सय अमेरिकी डलर वा सो बराबर विदेशी मुद्रा सटही सुविधा दिन निर्देशन दिएको हो ।

त्यस्तै स्थलमार्गबाट तिब्बत वा भारत बाहेक दक्षिण एशियाका अन्य देश जाँदा ५०० डलर वा सो बराबर विदेशी मुद्रा साट्न पाइने छ ।   यी दुबै नियम नीजि भ्रमणमा जाँदा मात्र लागू हुनेछ ।

हेर्नुस् राष्ट्र बैंकको परिपत्रको अंशः

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस