सिटी एक्सप्रेस फाइनान्सले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्‍याउने

काठमाडाैं । सिटी एक्सप्रेस फाइनान्सको तेह्रौँ वार्षिक साधारण सभाले संस्थाको चुक्ता पुँजी  ८० करोड रुपैयाँ पुर्‍याउने र रणनीतिक साझेदार भित्र्याउने निर्याण गरेको छ ।

संस्थामा  ९ किसिमका बचत खाता र मुद्दती खातामा उच्चतम व्याज दिइने व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ । रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको कम्पनीका अध्यक्ष चन्द्र टण्डनको भनाइ छ ।

कर्जा तर्फ व्यवसायीक कर्जा, कृषि कर्जा, घर जग्गा कर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसिद धितो कर्जा, ओभरड्राफ्ट सुविधा लगायतका बिभिन्न कर्जा  प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस