धर्म परिवर्तन गराउने दुई जापानी महिलालाई देश निकाला

काठमाडौं । गृह मन्त्रालयले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका २ जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निस्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाइ धर्म परिवर्तन गराउँदै आएका थिए ।

गृहसचिव प्रेमकुमार राईको सचिवस्तरीय निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निस्कासन गरिएको हो । उनीहरू पर्यटक भिसामा बस्दै आएका थिए । उनीहरूको भिसाको बाँकी अवधि रद्द गरिएको छ । अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले धर्म प्रचारमा संलग्न २ जापानीलाई निस्कासन गर्ने निर्णय भएको बताए । उनले भने, ‘दुवैले जापान फर्कने टिकट पेस गरिसकेका छन् । तिनलाई तत्काल जापान फिर्ता गर्छौं ।’

अध्यागमन विभागले उनीहरूलाई जनही ५०/५० हजार जरीवाना गरी पाँच वर्ष निष्काशन गर्ने प्रस्ताव गर्दै यसै साता गृह मन्त्रालयमा फाइल पठाएको थियो । गृह मन्त्रालयले इसाइ धर्म प्रचारकै क्रममा पक्राउ परेकी अस्ट्रेलियाकी युवती क्याटिया ग्रानलाई समेत निष्काशनको तयारी गरेको छ । विद्यार्थी भिसामा बसेकी उनले धर्म प्रचार गरेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले कारवाहीका लागि काठमाडौं पठाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस