दीपिका-रणबीर विवाहको तस्विर हेर्न २४ घण्टे प्रतिक्षा

काठमाडाैं । बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले इटलीमा बुधवार भएको विवाहको तस्बिर हेर्न बिहीबार ठूलो संख्याका भारतीयहरु व्यग्र प्रतिक्षामा थिए । भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले समेत ट्वीट गरेर दुई कलाकारका तस्बिरहरु हेर्न उनीहरुका फ्यान प्रतिक्षारत रहेको बताएका थिए ।

उनीहरुको विवाहको तस्बिर हेर्न झण्डै २४ घण्टा उनीहरुले प्रतिक्षा गरेका थिए । सामाजिक सञ्जालहरुको टिप्पणी हेर्दा यस्तै देखिन्थ्यो । त्यही प्रतिक्षाकै बीच रणबीरले आफ्नो ट्विटर एकाउन्टमा दुई वटा फोटो राखेका थिए भने दीपिकाले इन्स्ट्रागाममा फोटो हालेकी थिइन् । रणबीरले सार्वजनिक गरेको पहिलो फोटोमा रणबीरले रातो रंगको शेरवानी लगाएका छन् भने दीपिकाले पनि रातो रंगको लेंहेंगा लगाएकी छन् ।

दोस्रो फोटोमा दुवैजना हाँसिरहेका देखिन्छन् । इटलीको कोमो नामक तालमा रहेको रिसोर्टमा ‘कोनकणी रीतिरिवाज’ अनुसार उनीहरू बुधबार विवाहबन्धनमा बाँधिएका हुन् । दुवै परिवारका नजिकका आफन्त र केही विशेष साथीहरू मात्र उक्त वैवाहिक कार्यक्रममा उपस्थित रहेका थिए । रणवीर र दीपिकाले ‘रामलीला’, ‘फाइन्डिङ फेनी’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ लगायतका चलचित्रहरूमा सँगसँगै काम गरेका छन् । सीमित पाहुनालाई विवाहको निम्तो दिइसक्दा पनि पनि रणवीर र दीपिकाले आफ्नो विवाहबारे आधिकारिक जानकारी दिएका थिएनन् ।

तर अक्टोवर १९ मा दीपिकाले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी थइन् । उनीहरुको विवाह भएको  रिसोर्ट आकर्षक बगैँचाका लागि निकै प्रसिद्ध मानिन्छ । त्यहाँ रहेका फूल र रूखका हरियो, सेतो र रातो रङ्गले इटलीको झन्डाको सङकेत गर्ने बताइएको छ । यो रिसोर्ट विशेषतगरी धनाढ्यहरूको विवाह र चलचित्र छायाङ्कनका लागि प्रसिद्ध छ । विवाहपछि यही नोभेम्बर २१ मा दीपिकाको गृहनगर बेंगलुरूमा उनका बाबुआमाले एउटा प्रीतिभोजको आयोजना गर्दैछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस