नेकपा एकता प्रक्रियाः ओली र प्रचण्डको आ-आफ्नै ताल, कार्यकर्ताको बेहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ। पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ।

पटक–पटक भाका सारिँदै आएको एकता प्रक्रिया झन् लम्बिँदै गएको छ। एकता प्रक्रियाका लागि कार्यदलले तयारी गरेर खाकासहितको प्रतिवेदन सचिवालयको बैठकमा पेस गरे पनि शीर्ष नेताबीचकै विवादका कारण स्थगित भएको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरूले नै लगाउन थालेका छन्। पार्टीको सांगठनिक एकताको विषय स्थायी समिति बैठकमा छलफल गराउनुपर्ने माग उठे पनि अध्यक्षद्वयले स्थायी समितिको बैठक नै लम्ब्याउँदै आएका छन्। पार्टीको स्थायी समितिको बैठक तीन महिनायता बस्न सकेको छैन। सचिवालयको बैठक पटक–पटक बसे पनि ठोेस निर्णय लिन सकेको छैन।

पार्टीको सांगठनिक एकताको प्रक्रियामा जुट्नुपर्ने सचिवालयका नेताहरू नै गुट निर्माण गर्दै आपूm कसरी बलियो बन्ने भन्ने गृहकार्यमा छन्। पार्टी एकताको गृहकार्य गर्नुपर्ने अध्यक्षद्वय ओली र प्रचण्ड पनि आ–आफ्नै शैलीमा चल्न थालेका छन्। प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीले सरकार सञ्चालनको व्यस्तता हुँदा पार्टीको काममा पर्याप्त समय दिन भ्याउनुभएको छैन।

अध्यक्ष ओलीले आफ्नो समय व्यस्त हुँदा पनि सांगठनिक एकताको जिम्मेवारी अर्को अध्यक्ष प्रचण्डलाई दिने आँट गर्न सक्नुभएको छैन। पार्टी एकीकरणपछि केन्द्रीय सदस्य र प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवबाहेक पार्टीका अन्य कुनै पनि जिल्ला कमिटी, जनवर्गीय संगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। केही जिल्लामा भने शीर्ष नेतृत्वको आशा गर्नुभन्दा स्वःस्फुर्तरूपमा स्थानीय र वडा कमिटीको एकीकरण भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस युनियनको ताला

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ …

प्रतिकृया दिनुहॊस