ख्यातिप्राप्त बौद्धिक कमलप्रकाश मल्लको निधन

काठमाडाैं । ख्यातिप्राप्त बौद्धिक कमलप्रकाश मल्लको निधन भएको छ । केही वर्षदेखि परिवारका साथ अमेरिकामा बस्दै आएका मल्ल त्रिभुवन विश्वविद्यालयका पहिलो पुस्ताका प्रध्यापक हुन् । उनका श्रीमती र छोराछोरी छन् ।

अमेरिकाको एटलान्टामा गए राति ११:४५ मा उनकाे निधन भएको हो। उनी लामो समयदेखि पार्किन्सनका बिरामी थिए । उनी ८३ वर्षका थिए । नेपाली इतिहास लेखनलाई वैकल्पिक धारबाट व्याख्या विश्लेषण गरेका मल्लले आफ्नो करियरको सुरुवात अंग्रेजी भाषा साहित्यसम्बन्धी शिक्षणबाट गरेका थिए । पछि भाषाविज्ञान हुँदै सांस्कृतिक इतिहासको अध्ययनमा व्यस्त थिए ।

त्रिभुवन विश्वविद्यालमा छँदा मल्लले पशुपतिशम्शेर राणासँग मिलेर ‘नेपाल इन प्रस्पेक्टिभ्स’ भन्ने पुस्तक सम्पादन गरेका थिए । उनका केही चर्चित पुस्तक प्रकाशित छन् । ‘द रोड टु नोह्वेरः अ सेलेक्सन अफ राइटिङ्ग्स’ का साथै ‘फ्रम लिट्रेचर टु कल्चरः सेलेक्टेड राइटिङ्ग्स अन नेप्लिज स्टडिज’ उनका चर्चित पुस्तक हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस