नेपाल आइडलका विक्रम बरालले ‘प्रसाद…’ को गीत गाउने

काठमाडाैं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ का उत्कृष्ठ सात प्रतिस्पर्धी मध्ये विक्रम बरालले चलचित्र ‘प्रसाद’को गीत गाउने अवसर पाएका छन् । यही मंसिर २१ गते रिलिज हुने चलचित्र ‘प्रसाद’को एउटा गीत विक्रमले गाउने भएका हुन् ।

शुक्रबार प्रशारण भएको नेपाल आइडलको श्रृखंलामा पुगेर उक्त चलचित्रका निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले विक्रमलाई ‘प्रसाद’को गीत गाउन अवसर दिने घोषणा गर्दै सम्झौता पत्रसमेत प्रदान गरे । विपिन कार्की स्टारर चलचित्र ‘प्रसाद’मा उनको अपोजिटमा नम्रता श्रेष्ठ छिन् । भिलेनका रुपमा निश्चल बस्नेत छन् । निशन्तान दम्पतीको कथामा आधारित चलचित्रका दुईटा गीत सार्वजनिक भइसकेका छन् ।

यसैबीच, हिजोको श्रृखंलाबाट क्रिशल कणेल बाहिरिएका छन् । उत्कृष्ठ आठ प्रतिस्पर्धीले बिहीबार दिएको प्रस्तुती हेरेर दर्शकले गरेको भोट र निर्णायकको मतका आधारमा क्रिशल बाहिरिएका  हुन् । शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । बटम थ्रिमा सुमित पाठक, पवन गिरी र क्रिशल कणेल परेका थिए ।

अब गाला राउण्डमा ७ जना प्रतिस्पर्धी बाँकी छन् । यो हप्ता सबैभन्दा धेरै भोट धनगढीका रवी ओटले पाएका नेपाल आइडलले जनाएको छ । स्टाइलिस पफरमेन्स अफ द डे पोखराका विक्रम बराल भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस