कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका–३ राढुनेटामा यात्रुवाहक जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जीप भिरबाट खसेको र आठ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए । ‘हामी जाँदैछौ‌ । दुर्घटनाको सूचना आएको छ । अरू विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ,’ उनले भने । जीप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

पहाडी र हिमाली क्षेत्र वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम …

प्रतिकृया दिनुहॊस