सातामा डेढ अर्बको सेयर कारोबार

काठमाडौं। सातामा १ अर्ब ६१ करोड ७७ लाख ३ हजार ६६० मूल्यबराबरको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा गत साता बजारमा कारोबार मापक नेप्से परिसूचकसँगै  कारोबार रकममा समेत ठूलो गिरावट आएको छ ।

साताको पहिलो दिन १ हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन (१९ पुस) सम्म २६ बिन्दुले घटेर १ हजार १७८ दशमलव शून्य एक बिन्दुमा झरेको छ । गत साता कुल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता सेयर खरिद बिक्री भएका छन् । साताको पहिलो दिन आइतबार कुल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता सेयर ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरिद बिक्री भए । यस्तै, दोस्रो दिन सोमबार १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता सेयर किनबेच हुँदा ४० करोड ३ लाख १२ हजार ३८५ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ओरालो लागेको बजारमा मंगलबार पनि गिरावट आयो । उक्त दिन १५६ कम्पनीको ६ लाख ८९ हजार ७२० कित्ता सेयरको २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरिद बिक्री भएको थियो । बुधबार पनि बजारको अवस्था उस्तै रह्यो । उक्त दिन पाँच दशमलव ४२ बिन्दुले घटेर बजार १ हजार १८० दशमलव ४३ बिन्दुमा झ¥यो ।

उक्त दिन १५४ कम्पनीको ७ लाख ५१ हजार ४११ कित्ता सेयर २५ करोड ७६ लाख ७ हजार १६६ मूल्यमा खरिद बिक्री भएको थियो । साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर १ हजार १७८ दशमलव ८७ बिन्दुमा झ¥यो । कुल १५८ कम्पनीको ७ लाख ९७ हजार ६१३ कित्ता सेयर  २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद बिक्री भएको थियो । समग्रमा गत साता सेयर कारोबार निराशाजनक अवस्थामा रहन पुगेको नेप्सेले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस