News desk

लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक फेल

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ५४.३९ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । बीडीएस गरेका ६२ प्रतिशत दन्त चिकित्सक अनुत्तीर्ण भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ । परीक्षामा एमबीबीएस गरेका १ हजार ३ सय १६ र बीडीएस गरेका १ सय ८६ सहभागी थिए । एमबीबीएस गरेका ७ सय ५३ र बीडीएस गरेका १ सय १७ जना अनुत्तीर्ण भएका हुन्। लाइसेन्स परीक्षामा केही वर्षयता आधाजसो अनुत्तीर्ण …

पुरा पढ्नुहॊस »

कर्मचारीको मनपरीः न पोसाक लगाउँछन्, न समयमै आउँछन्

काठमाडाैं । दुई तिहाइको सरकार छ, तर कर्मचारीले टेरेको देखिँदैन। कर्मचारीको मनपरी छ। न पोसाक लगाउँछन्, न समयमा नै कार्यालय पुग्छन्। सुशासन कायम गर्ने घोषणा कागजमै सिमिति छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्। उपत्यकाको आन्तरिक राजस्व कार्यालयदेखि स्थानीय तहसम्म कर्मचारी समयमा कार्यालय त पुग्दैनन् नै तोकिएको पोसाक पनि नलगाएर मनलाग्दी गरेको पाइएको छ। सेवाग्राही भने हाकिम कर्मचारीको कोठा रुँगेर बस्न विवश छन्। प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय …

पुरा पढ्नुहॊस »

इजरायल जान छानिएका ४१ जना कामदार अलपत्र, किन आउन छाड्यो माग ?

काठमाडाैं । सरकारले इजरायलमा केयर भिगर कामदारका रुपमा पठाउँन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन्। वैदेशिक रोजगारी विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो। यो खबर आजको नागरिक दैनिकले छापेको छ। इजाराइलबाट माग नै आउन छाडेपछि छनौट भएका ४१ जना अझै इजाराइल जान पाएका छैनन्। पछिल्लो चरणमा केयर गिभरको माग नै आउन छाडेकाले यस्तो अबस्था सिर्जना भएको हो। श्रोतका …

पुरा पढ्नुहॊस »

कम्युनिष्टको स्वभाव विचित्रः यी हुन् पादरीको पाउमा पर्ने प्रभावशालीहरु

काठमाडाैं । ‘क्रिस्चियन मिसनरी’ बाट सञ्चालित युनिभर्सल पिस फेडेरेशनको सम्मेलनमा सत्ता–प्रतिपक्षका थुप्रै नेताको नग्नता छताछुल्ल भएको छ। १६ मंरिसमा विवादास्पद संस्था ‘युनिभर्सल पिस फेडेरेशन’ले प्रधानमन्त्री ओलीलाई १ लाख डलरको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गर्यो। फेडेरेशनले प्रधानमन्त्री ओलीलाई दिएको यो अवार्ड एकातिर सत्तामाथिकै व्यंग्य थियो भने अर्कातिर त्यसले नेताहरुलाई नांगेझार बनाउँदै थियो। ‘गुड गभर्नेन्स अवार्ड’ का लागि ओलीले प्रभावशाली कदम चालेकाले नभई उनलाई प्रभावमा पार्न विवादास्पद संस्थाले १ लाख डलर राशीको …

पुरा पढ्नुहॊस »

बयान दिन राजदूत शेर्पा नेपाल आइन्, पद रहन/नरहने ठेगान छैन

काठमाडाैं । सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानविनका लागि काठमाडौँ बोलाएको छ। परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छनविन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूताबासबाट काठमाडौँ आएकी हुन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। मन्त्रालयका अनुसार उनको राजदूत पद रहने÷नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानविन गरिनेछ। राजदूत शेर्पालाई मानव तस्करी गरेको अभियोग लागेको छ।

पुरा पढ्नुहॊस »

राति भोक लागेमा के खाने ?

काठमाडाैं । कहिलेकाहीँ घरमै बसेर अफिसको काम पनि गर्नुपर्ने हुन्छ । यसका लागि प्रायः रातको समय फुर्सदिलो हुन्छ । त्यसैले काम गर्दै रातको समयमा अचानक भोक लाग्न सक्छ । यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ । किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ । त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्दा निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही …

पुरा पढ्नुहॊस »

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् । चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको …

पुरा पढ्नुहॊस »

शृङ्खला अन्तिम १२ बाट बाहिरिइन् : मेक्सिकोकी सुन्दरीलाई मिस वर्ल्डको उपाधि

काठमाडौं । मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन् । २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन् । प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन् । उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन् । रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन् । मिस नेपाल शृङ्खला …

पुरा पढ्नुहॊस »

यस्तो बन्यो मेलिना राईको ‘लौ गोरी…’ हेर्नुहोस् भिडियो ।

काठमाडाैं । चर्चित गायिका मेलिना राईको नयाँ गीत ‘लौ गोरी’ यू-ट्युबमा सार्वजनिक भएको छ । मेलिना राईसँगै टेकेन्द्र शाहिले यस गीतमा आवाज दिएका छन् । ‘लौ गोरी’मा सिने क्षेत्रका कलाकार नायिका वर्षा राउत र नव-नायक आकाश श्रेष्ठले अभिनय गरेका छन् । यस गीतका लेखक आनन्द अधिकारी हुन् भने संगीतकार गायक अलमोडा उप्रती हुन् ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति किन जाँदैछिन् लुम्बिनी ?

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउने भएकी छन् । स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिए । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ । बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने …

पुरा पढ्नुहॊस »