काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ५४.३९ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । बीडीएस गरेका ६२ प्रतिशत दन्त चिकित्सक अनुत्तीर्ण भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
परीक्षामा एमबीबीएस गरेका १ हजार ३ सय १६ र बीडीएस गरेका १ सय ८६ सहभागी थिए । एमबीबीएस गरेका ७ सय ५३ र बीडीएस गरेका १ सय १७ जना अनुत्तीर्ण भएका हुन्। लाइसेन्स परीक्षामा केही वर्षयता आधाजसो अनुत्तीर्ण भइरहेका छन् ।
हालसम्म काउन्सिलले लिखित परीक्षा मात्र लिने गरेको छ। प्रयोगात्मक परीक्षा लिने भनिए पनि लागू भइसकेको छैन ।
तपाईंको प्रतिकृया



