काठमाडाैं । सरकारले इजरायलमा केयर भिगर कामदारका रुपमा पठाउँन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन्। वैदेशिक रोजगारी विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो। यो खबर आजको नागरिक दैनिकले छापेको छ।
इजाराइलबाट माग नै आउन छाडेपछि छनौट भएका ४१ जना अझै इजाराइल जान पाएका छैनन्। पछिल्लो चरणमा केयर गिभरको माग नै आउन छाडेकाले यस्तो अबस्था सिर्जना भएको हो। श्रोतका अनुसार नेपाली मेनपावरको अबरोधको कारण इजरायलबाट कामदारको माग नआएको हो।
प्रतिकृया दिनुहॊस