कर्मचारीको मनपरीः न पोसाक लगाउँछन्, न समयमै आउँछन्

काठमाडाैं । दुई तिहाइको सरकार छ, तर कर्मचारीले टेरेको देखिँदैन। कर्मचारीको मनपरी छ। न पोसाक लगाउँछन्, न समयमा नै कार्यालय पुग्छन्। सुशासन कायम गर्ने घोषणा कागजमै सिमिति छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

उपत्यकाको आन्तरिक राजस्व कार्यालयदेखि स्थानीय तहसम्म कर्मचारी समयमा कार्यालय त पुग्दैनन् नै तोकिएको पोसाक पनि नलगाएर मनलाग्दी गरेको पाइएको छ। सेवाग्राही भने हाकिम कर्मचारीको कोठा रुँगेर बस्न विवश छन्।

प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के निरीक्षणमा ५ सय ३० कर्मचारी परेका छन्। जसमा ३ सय ६९ जना कर्मचारीले समय पालना नगरेको र १ सय ६१ ले पोसाक नलगाएको पाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङमा पिकअपभ्यान दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

काठमाडौं । बागलुङमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान जैमिनी-७ जैदीको व्यार्थला नजिकै बिहान दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहॊस