कांग्रेस नेता लामाले दाेलखामा दिए ५ वटा एम्बुलेन्स

काठमाडौँ । नेपाली कांग्रेसका नेता एबं संघीय सांसद् जिपछिरिङ लामाले दोलखाका पाँच वटा स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्। लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले जानकारी दिए। उनले गत वर्ष पनि दोलखाको खारेमा एउटा एम्बुलेन्स हस्तान्तरण गरेका थिए । एम्बुलेन्स वितरण कार्यक्रममा सांसद लामाले कसैलाई पनि भेद्भाव नगरी सेवा दिन सबैलाई आग्रह गरे। ‘यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस’ सांसद लामाले भने। ‘मेरा लागि दोलखावासी सबै समान हुन अझै थप पाँच एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु।

एम्बुलेन्स खरीदमा आफू सांसद भएपछिको तलबभत्ता रकम खर्च गरेको पनि जानकारी दिए। समाजसेवी एवं सांसद लामाले आफ्ना आमाबुवाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग संवाद गर्दै सभामुख

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । …

प्रतिकृया दिनुहॊस