नेपाली बजारमा मंसिर २९ देखि ‘ओप्पो आर १७ प्रो’

काठमाडौं । सेल्फी एक्स्पर्ट एन्ड लिडर ओप्पोले आधिकारिक रूपमै ‘आर–सिरिज’ का मोबाइल सेट नेपालमा मंसिर २९ गतेबाट बिक्री गर्ने घोषणा गरेको छ । नेपालमा निकै लामो समयदेखि प्रतीक्षा गरिएको  आर–सिरिजको बिक्री सुरुवात नयाँ स्मार्टफोन ‘ओप्पो आर१७ प्रो’ मार्फत गर्ने छ ।

कम्पनीका अनुसार आर१७ प्रोबाट राति पनि उत्कृष्ट तस्बिर लिन सकिन्छ । यसमा रहेको अल्ट्रानाइट मोड ‘सिज द नाइट’ विशेषता पनि उपलब्ध छ । त्यसैगरी यसमा १.५–एफ२.४ को भेराएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दुवै अवस्थामा तस्बिरलाई स्पष्ट र गुणस्तरीय बनाउन स्वचालित रूपमा आफूलाई समायोजन गर्ने क्षमता राख्छ ।

त्यस्तै यसमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) प्रविधि पनि छ । यसले फोनमा उपलब्ध ७पी लेन्स मोड्युलको माध्यमबाट रातको समयमा खिचिने तस्बिरलाई उज्यालो बनाउन मद्दत गर्ने छ । सेन्सरतर्फ मुख्य क्यामेराका रूपमा सोनी आईएम एक्स३६२ प्रयोग गरिएको छ । १२ मेगापिक्सेलको यो क्यामेरामा तीव्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस