News desk

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भोलि बिहानसम्ममा डिस्चार्ज हुने

काठमाडाैं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य बिहीबार बिहान थप सुधार देखिएको उपचारमा संलग्न डा. दिव्या सिंह शाहले जानकारी दिइन् । गएको सोमाबारदेखि अस्पतालमा रहेका ओलीलाई शुक्रबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी रहेको छ । छातीमा संक्रमण देखिएपछि ओलीलाई सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले गर्‍यो टिच फर नेपाललाई सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले टिच फर नेपाललाई सहयोग गरेको छ । बैकले मंगलबार पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंकका निर्देशक विरेन्द्रकुमार शाहले टिच फर नेपाललाई सो मात्राको चेक हस्तान्तरण गरे । बैंकले समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि टिच फर नेपालसँग सहकार्य गरेको हो । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तिरय शिक्षा प्रदान गर्ने कार्यका लागि …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

जिरी । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए । …

पुरा पढ्नुहॊस »

उपत्यकामा अब दिउँसो पनि टिप्पर चल्न पाउने

काठमाडाैं । काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो । गत साउनदेखि बेलुका ८ …

पुरा पढ्नुहॊस »

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा आफूलाई पायक पर्ने समयमा गएर बालबालिकालाई भिटामिन ए …

पुरा पढ्नुहॊस »

किशोरीलाई फकाएर होटलमा लगी बलात्कार

काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिका–१५ श्याम चोकका २५ वर्षीय मनीष राईलाई प्रहरीले किशोरी बलात्कारको आरोपमा पक्राउ गरेको छ । राईले स्थानीय १६ वर्षीया किशोरीलाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । आइतबार राती राईले धरान–७ स्थित होटल परदेशमा लगेर किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै किशोरीकी आमाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : थप ४ जनाको डिएनएको नमुना संकलन

काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन गरेको छ । मंगलबार शंकास्पद ४ जनाको नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए । ‘चार जनाको डिएनए परीक्षणका लागि नमुना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाएका छौं’ घटनाको अनुसन्धान अधिकृतसमेत रहेका डिएसपी ओझाले भने, ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा रहेका उनीहरुको नमुना …

पुरा पढ्नुहॊस »

खर्चमा शिथिलता हुँदा सरकारसँग पैसाको छेलोखेलो

काठमाडाैं । गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आवमा भने करिब ८० अर्ब रुपैयाँ बचत छ । उच्च दरको राजस्व असुली हुँदा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । यो खबर आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् । गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च धानेको थियो । सुरुमै …

पुरा पढ्नुहॊस »

प्रहरी नै मोटरसाईकल चोरीमा संलग्न, तीन प्रहरी पक्राउ

काठमाडाैं । मोटरसाइकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिङटन घर्ती र दीपेन्द्र शाही र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत इन्द्रजित कडरियालाई प्रहरीले चोरी भएको मोटरसाईलकसहित पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ …

पुरा पढ्नुहॊस »

निशुले ल्याइन् तिहार गीत, हेर्नुस् भिडियो

काठमाडाैं । तिहार नजिकिदैं गर्दा गायिका निशु ढकालले आफ्नो नयाँ गीतका रूपमा तिहार गीत सार्वजनिक गरेकी छन् । निशाले ‘आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । नेपाली हिन्दुहरूले देउसी, भैलो खेलेर रमाइलो गर्ने परम्परा रहेछ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ । निशुले यसअघि दशैंको अवसरमा यो रमाइलो दशैं आयो बोलको गीत सार्वजनिक गरेकी थिइन् …

पुरा पढ्नुहॊस »