प्रहरी नै मोटरसाईकल चोरीमा संलग्न, तीन प्रहरी पक्राउ

काठमाडाैं । मोटरसाइकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिङटन घर्ती र दीपेन्द्र शाही र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत इन्द्रजित कडरियालाई प्रहरीले चोरी भएको मोटरसाईलकसहित पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री