सिद्धार्थ बैंकले गर्‍यो टिच फर नेपाललाई सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले टिच फर नेपाललाई सहयोग गरेको छ । बैकले मंगलबार पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बैंकका निर्देशक विरेन्द्रकुमार शाहले टिच फर नेपाललाई सो मात्राको चेक हस्तान्तरण गरे । बैंकले समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि टिच फर नेपालसँग सहकार्य गरेको हो । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तिरय शिक्षा प्रदान गर्ने कार्यका लागि उक्त सहयोग गरेको हो । यस अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ । बैंकको वित्तीय सहयोगले ग्रामीण जिल्लाका निम्न स्तरको सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको लागि सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस