स्पेन र फ्रान्स युरोपकको सेमिफाइनलमा

काठमाडौं । आयोजक जर्मनी युरोकप २०२४ बाट शुक्रबार बाहिरिएको छ । स्पेनले अन्तिम आठको खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । अब अन्तिम चारमा स्पेनको सामना फ्रान्ससँग हुनेछ । फ्रान्सले अर्को अन्तिम आठको खेलमा पोर्चुगललाई टाइब्रेकरमा ५–३ ले हरायो ।

fस्टुटगार्टमा भएको खेलमा स्पेनका लागि मिखेल मेरिनाले अतिरिक्त समयको अन्त्यतिर निर्णायक गोल गरे । गोलरहित बराबरीपछि डानी ओल्मोले ५१ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । तर ८९ औं मिनेटमा जर्मनीका लागि जासुआ किमिचले जर्मनीका लागि बराबरी गोल गरे । यससँगै खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि एक मिनेटको खेल बाँकी छँदा प्रतिस्पर्धा टाइब्रेकरमा जाने सम्भावना देखिएको थियो । तर ओल्मोले हेडबाट गोल गरे र आफ्नो टिमलाई जित दिलाए । यससँगै स्पेनको चौथो पल्ट युरोको उपाधि जित्ने सम्भावना कायम रह्यो ।

ह्याम्बर्गमा फ्रान्सले क्रिस्टियानो रोनाल्डोको युरो जित्ने सपनालाई टुंग्याएको थियो । निर्धारित र थपिएको समयको खेल पनि गोलरहित रहेपछि खेल टाइब्रेकरमा गएको हो । पोर्चुगलका लागि पेनाल्टी सुटआउटमा जाओ फेलिक्स गोल गर्न चुके । योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रो पटक युरोकपको उपाधि जित्ने सपनामा चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् ।

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । फ्रान्सको पाँचै पेनाल्टी गोलमा परिणत भएको थियो । थिओ हर्नान्डेजले विजयी टिमका लागि अन्तिम तथा निर्णायक प्रहारलाई गोलमा परिणत गरे । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौं पटक हो ।

त्यसअघिको खेलमा आयोजक जर्मनीलाई २–१ गोलले स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा पुगेकाे छ ।  खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए । ५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता स्पेनले बचाउन सकेन। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएका थिए।

तर, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्‍याए। अतिरिक्त समयमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए। जारी युरोकपमा स्पेन हालसम्म अपराजित छ । स्पेनले पाँच खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले हराएको थियो ।

जर्मनी र फ्रान्सबीचको अन्तिम चारको खेल मंगलबार हुनेछ । शनिबार इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीबीच अन्तिम आठको खेल हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस