News desk

शसस्त्र प्रहरी जवान सेती नदीमा नुहाउने क्रममा बेपत्ता

पार्वती ऐडी बझाङ । जिल्ला सदरमुकाम चैनपुरस्थित सेती नदीमा डुवेर एक शसत्र प्रहरी जवान बेपत्ता भएका छन् । नुहाउने क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका घर भइ बझाङमा कार्यरत २२ वर्षीय प्रहरी जवान राजेन्द्र बुढा वेपत्ता भएका हुन् । बुढा दिउँसो पौने १ बजेतिर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरी र नेपाली सेनाले बेपत्ता प्रहरी जवान बुढाको खोजी कार्य जारी राखेको छ । कार्तिक १३ गते मात्रै जिल्लाको …

पुरा पढ्नुहॊस »

१७ लाख रुपैयाँको रिचार्ज कार्ड चोरी गर्ने पुन समातिए

काठमाडौं । प्रहरीले १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको थियो । होलसेलमा बेच्नका लागि दाङ लैजाँदै गर्दा पुनले सार्वजनिक यातायातबाटै कार्ड चोरी गरेका थिए । दाङ प्रहरीले कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी कृष्णहरि शर्माले जानकारी दिए । पुन …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको नाफा ३८ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकले झण्डै ३८ प्रतिशत नाफा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामामा ३८ करोड ६९ लाख रुपैयाँ खुदनाफा गरेको हाे । गत आवको सोही अवधिमा बैंकको नाफा २८ करोड रुपैयाँ थियो । गत आवको तुलनामा यो आवमा नाफा १० करोड रुपैयाँ बढेको बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । ब्याज आम्दानी झण्डै ३ अर्ब रुपैयाँ बढाउँदा नाफामा उत्साहजनक प्रगति …

पुरा पढ्नुहॊस »

सुर्मादेवी मेलामा आयोजित प्रदेशस्तरिय देउडा प्रतियोगितामा बाजुरा प्रथम

पार्वती ऐडी बझाङ । सुदूरपश्चिमको ऐतिहासिक सुर्मादेवी मेलाको अवसरमा जिल्ला सदरमुकाम चैनपुरमा आयोजना गरिएको देउडा प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्काउट बझाङको संयोजन तथा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको देउडा प्रतियोगिता सम्पन्न भएको हो । कात्तिक ६ गतेदेखि ११ गते सम्म सञ्चालन गरिएको देउडा प्रतियोगितामा सहभागी भई देउडा प्रतियोगितामा विजेता हुने टिमलाई पुरस्कारसहित सम्मान गरिएको छ । प्रतियोगितामा महिला/पुरुष देउडा खेल खेलाइएका थिए । जसमा पुरुषतर्फ मष्टा गाउँपालिकाका भीम …

पुरा पढ्नुहॊस »

आयो भीमफेदी गाइजको रोमान्टिक भिडियो ‘भेट भयो सोल्टिनीसँग’

काठमाडाैं । चर्चित डान्स ग्रुप भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। नारायण कँडेलका शब्द तथा रमेश कायस्थको संगीत रहेको गीतमा लोकप्रिय गायक शिव परियारको आवाज छ। भिडियोमा भीमफेदी गाइजसँगै नायिका आँचल शर्मालाई फिचर्ड गरिएको छ। ‘भेट भयो सोल्टिनीसँग’ बोलको गीतमा भीमफेदी गाइज र आँचल शर्मा क्लासिक तथा वेस्र्टन लुक्समा प्रस्तुत गरिएको छ। भीमफेदी गाइजकै कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका हुन्। पवन सुस्लिङको सम्पादन …

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने

काठमाडाैं । चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि रु एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर निष्काशन गर्न लागेको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले जानकारी दिएको छ । साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र …

पुरा पढ्नुहॊस »

विद्युत्भार व्यवस्थापनले तिहार झिलिमिली हुने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उहाँले ढुक्कसँग विद्युत् उपयोग गरी तिहार मनाउन सकिने बताए । बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युत्भार कटौती हुँदा तिहार खल्लो भएको थियो । विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले …

पुरा पढ्नुहॊस »

चोर र डाँकाले भरिए काठमाडौँका हिरासत कक्ष

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ परेका अभियुक्तले भरिएका छन्। चाडपर्वमा हुने चोरी र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिराकक्ष भरिएका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्। चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको बिगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिइएको परिसरको दावी छ। नियन्त्रणपछि यस वर्षको दसैँमा छिटपुटबाहेक चोरीका घटना नभएको …

पुरा पढ्नुहॊस »

महंगा गाडी किन्न संसद्ले माग्यो करोडौँ रकम

काठमाडाैं । संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम मागेको छ। चढिरहेका गाडी पुराना भएको भन्दै उसले अर्थ मन्त्रालयमा बजेट मागको प्रस्ताव पठाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्। सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्युटर खरिद गर्न लागेको हो। नयाँ गाडी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि किन्न लागेको सचिवालयले जनाएको …

पुरा पढ्नुहॊस »

व्यवसाय गर्न नेपाल दक्षिण एसियाकाे चौथो सहज देश

काठमाडाैं । व्यवसाय गर्नका लागि नेपाल दक्षिण एशियाको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंक समूहले बुधबार सार्वजनिक गरेको ‘डुइङ विजनेस २०१९ को ट्रेकिङ फर रिफर्म रिपोर्ट’मा दक्षिण एशियामा भारत, भुटान र श्रीलंकापछि नेपाल चौथो स्थानमा छ । यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् । गत वर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अबस्था अझ खस्किएको हो। यस्तै दक्षिण एशियाली देशहरुमा गत …

पुरा पढ्नुहॊस »