पोखरा । १७ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन सम्पन्न भएको छ । पोखरामा दुईदिनसम्म चलेको भेलाले महाधिवेशनमा महासंघका सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । जसअनुसार अब महासंघ केन्द्र, प्रदेश, जिल्ला र प्रतिष्ठानको कार्यसमितिको निर्वाचन एकै दिन हुनेछ । देशभरका १ हजार ४ सय पत्रकारको सहभागिता रहेको कार्यक्रममा महासंघको विधानको संशोधन र श्रमजीवी पत्रकारको हक अधिकारको विषयमा …
पुरा पढ्नुहॊस »गोली प्रहार गरी महिलाको हत्या
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ । गएराति वाणगंगा नगरपालिका वडा नं ४ कुवेरापुरस्थित घरमै बसिरहेको बेला अज्ञात समूहको गोली प्रहार गर्दा अनिता पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको लागि उनको शव तौलिहवा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको वितृत वितरण भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
पुरा पढ्नुहॊस »विभिन्न स्थानमा एनसेल टावरमा आगजनी
काठमाडौं । गएराति दुई छुट्टाछुट्टै स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो । रुपन्देहीको गैडहवा नगरपालिका–३ सुर्यपुरामा रहेको एनसेल टावरमा आगजनी भएको हो । राती १०÷११ बजेको समयमा एनसेलको कनेक्सन तोडेर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट झण्डै ४ लाख बराबरको क्षती भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । …
पुरा पढ्नुहॊस »श्रीलङ्काको आर्थिक वृद्धि १७ बर्षकै सबैभन्दा कमजोर, राजनीतिक छिनाझपटीले अर्थतन्त्रमा झट्का
कोलम्बो। श्रीलङ्काको गत बर्षको राजनीतिक सङ्कटका कारण यहाँको अर्थतन्त्रमा विगत १७ बर्ष यताकै कमजोर अवस्थामा पुगेको यहाँको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । सन् २०१८ का लागि पाँच प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको भएपनि राष्ट्रपति तथा प्रधानमन्त्रीबीचको राजनीतिक छिनाझपटीका कारण मुलुकको अर्थतन्त्रमा व्यापक असर परेको र आर्थिक वृद्धिदर ३.० प्रतिशतमा झरेको श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नर इन्द्रजीत कूमारास्वामीले बताए। राष्ट्रपति मैत्रीपाला सिरीसेनाले प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई गत अक्टोबरमा बर्खास्त गरी संसदको विघटन …
पुरा पढ्नुहॊस »सरकारविरोधी प्रदर्शन चर्किएपछि सुडानमा संकटकाल घोषणा
सुडान । सरकारविरोधी प्रदर्शन चर्किएपछि सुडानका राष्ट्रपति ओमार अल बसिरले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । सुडानका सबै प्रान्तीय सरकार विघटन गरी गभर्नरहरुलाई बर्खास्त गर्दै राष्ट्रपति बसिरले संकटकाल घोषणा गरेका हुन् । टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ओमारले एक वर्षसम्मका लागि मुलुकका संकटकाल लगाइएको घोषणा गरे । यसअघि सुडानको राष्ट्रिय सुरक्षा तथा गुप्तचर निकायले भने राष्ट्रपति बसिरले राजीनामा दिने बताएको थियो । राष्ट्रपति बसिरले पछिल्लो हप्ता सरकारविरोधी चर्को प्रदर्शनको …
पुरा पढ्नुहॊस »ओम डेभलपमेन्ट बैंकद्धारा छात्रवृत्ति प्रदान
काठमाडाैँ । ओम डेभलप्मेन्ट बैंकले विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ । गोरखा नगपालिका वडा नं. ६ दरवारमार्गमा रहेको श्री महेन्द्र ज्योति माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा ११ की छात्रा संजिता वयलकोटीलाई ५ हजार नगद र स्टेशनरी प्रदान गरेको हो । सो सामाग्री उक्त शाखाका प्रवन्धक केशव रेग्मीले प्रदान गर्नु गरेका थिए । त्यसैगरी गोरखा नगरपालिका वडा नं. ९ मा रहेको श्री …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा, मन्त्रालयसँग भयो सम्झौता
कास्की । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ । सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले …
पुरा पढ्नुहॊस »नक्खु बम विस्फोट : गम्भीर घाइते सिंहप्रसाद गुरुङको मृत्यु
ललितपुर । नक्खुमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए। अन्य दुईजना घाइतेको पनि उक्त अस्पतालमा नै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको धानुकले बताए। शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको देवघाटमा नयाँ शाखा
काठमाडौं । सिद्घार्थ बैंकले तनहुँ स्थित देवघाट शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालबाट संयुक्त रुपमा भएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १३९ वटा शाखा विस्तार गरीसकेको छ ।
पुरा पढ्नुहॊस »इंग्लिस प्रिमियर लिग : वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ ले हरायो
काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को भारी अन्तरले हरायो । वाटफोर्डको जितमा जेरार्ड डेइलोफोउले ह्याट्रिक गरे । लिगको मध्यक्रममा रहेको वाटफोर्डले खेलको १८ औं मिनेटमा नै अग्रता बनायो । उसका लागि जेरार्डले गोल गरे । त्यसपछि ६१ औं मिनेटमा फेरि जेरार्डकै गोलमार्फत उसले अन्तर दुई-शून्यमा पुर्यायाे । त्यसको दुई मिनेटपछि उनले व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमको स्कोर तीन शून्यमा-पुर्याए । वाटफोर्डका खेलाडीले प्रिमियर लिगमा गरेको यो पहिलो …
पुरा पढ्नुहॊस »