निशुले ल्याइन् तिहार गीत, हेर्नुस् भिडियो

काठमाडाैं । तिहार नजिकिदैं गर्दा गायिका निशु ढकालले आफ्नो नयाँ गीतका रूपमा तिहार गीत सार्वजनिक गरेकी छन् ।

निशाले ‘आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । नेपाली हिन्दुहरूले देउसी, भैलो खेलेर रमाइलो गर्ने परम्परा रहेछ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ ।

निशुले यसअघि दशैंको अवसरमा यो रमाइलो दशैं आयो बोलको गीत सार्वजनिक गरेकी थिइन् । उक्त गीतलाई दर्शक श्रोताले निकै मन पराएको उनको दाबी छ ।

https://www.youtube.com/watch?v=_2YZ5_4obbs

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री