प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भोलि बिहानसम्ममा डिस्चार्ज हुने

काठमाडाैं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य बिहीबार बिहान थप सुधार देखिएको उपचारमा संलग्न डा. दिव्या सिंह शाहले जानकारी दिइन् ।

गएको सोमाबारदेखि अस्पतालमा रहेका ओलीलाई शुक्रबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी रहेको छ । छातीमा संक्रमण देखिएपछि ओलीलाई सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र सबै परीक्षणका रिपोर्टहरु नर्मल आएको डाक्टरको भनाई छ ।

बिहीबार बेलुका सबै परीक्षणका रिपोर्टहरु हेरिने र त्यसमा पनि नर्मल आए ओलीलाई डिस्चार्ज गरिने डाक्टरले बताएका छन् । सकेसम्म बिहीबार बेलुका र त्यो भन्दा पर धकेलिए शुक्रबार बिहानसम्ममा ओलीलाई डिस्चार्ज गर्ने तयारी छ । डिस्चार्ज गरे पनि एक हप्तासम्म कडा निगरानीमा गरिने र त्यो बेला भेटघाट नगर्न वा गर्नै परे पनि निकै सीमित गर्न भनिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस