चोर र डाँकाले भरिए काठमाडौँका हिरासत कक्ष

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ परेका अभियुक्तले भरिएका छन्। चाडपर्वमा हुने चोरी र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिराकक्ष भरिएका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको बिगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिइएको परिसरको दावी छ। नियन्त्रणपछि यस वर्षको दसैँमा छिटपुटबाहेक चोरीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए। अहिले काठमाडौँका हिरासत कक्षमा ११४ जना चोर डाका राखिएका छन्। पक्राउ परेकामध्ये पटके चोर धेरै छन्। उनीहरुलाई प्रहरीले म्याद थप्दै हिरासतमा राख्ने गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस