व्यवसाय गर्न नेपाल दक्षिण एसियाकाे चौथो सहज देश

काठमाडाैं । व्यवसाय गर्नका लागि नेपाल दक्षिण एशियाको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंक समूहले बुधबार सार्वजनिक गरेको ‘डुइङ विजनेस २०१९ को ट्रेकिङ फर रिफर्म रिपोर्ट’मा दक्षिण एशियामा भारत, भुटान र श्रीलंकापछि नेपाल चौथो स्थानमा छ । यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

गत वर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अबस्था अझ खस्किएको हो। यस्तै दक्षिण एशियाली देशहरुमा गत वर्ष नेपाल तेश्रो स्थानमा थियो, यस वर्ष चौथो स्थानमा झरेको छ । प्रतिवेदनमा नेपाल ११० औं स्थानमा छ भने भारत ७७, भुटान ८१ र श्रीलंका १०० औँ स्थानमा छ । बंगलादेश १७६ र माल्दिभ्स १३९ औँ स्थानमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस