आयो भीमफेदी गाइजको रोमान्टिक भिडियो ‘भेट भयो सोल्टिनीसँग’

काठमाडाैं । चर्चित डान्स ग्रुप भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। नारायण कँडेलका शब्द तथा रमेश कायस्थको संगीत रहेको गीतमा लोकप्रिय गायक शिव परियारको आवाज छ।

भिडियोमा भीमफेदी गाइजसँगै नायिका आँचल शर्मालाई फिचर्ड गरिएको छ। ‘भेट भयो सोल्टिनीसँग’ बोलको गीतमा भीमफेदी गाइज र आँचल शर्मा क्लासिक तथा वेस्र्टन लुक्समा प्रस्तुत गरिएको छ।

भीमफेदी गाइजकै कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका हुन्। पवन सुस्लिङको सम्पादन रहेको भिडियोलाई भीमफेदी गाइजले रमाइलो बनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस