सुर्मादेवी मेलामा आयोजित प्रदेशस्तरिय देउडा प्रतियोगितामा बाजुरा प्रथम

पार्वती ऐडी
बझाङ । सुदूरपश्चिमको ऐतिहासिक सुर्मादेवी मेलाको अवसरमा जिल्ला सदरमुकाम चैनपुरमा आयोजना गरिएको देउडा प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्काउट बझाङको संयोजन तथा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको देउडा प्रतियोगिता सम्पन्न भएको हो । कात्तिक ६ गतेदेखि ११ गते सम्म सञ्चालन गरिएको देउडा प्रतियोगितामा सहभागी भई देउडा प्रतियोगितामा विजेता हुने टिमलाई पुरस्कारसहित सम्मान गरिएको छ । प्रतियोगितामा महिला/पुरुष देउडा खेल खेलाइएका थिए । जसमा पुरुषतर्फ मष्टा गाउँपालिकाका भीम बहादुर धामी प्रथम, खप्तड छान्ना गाउँपालिकाका झलक नविन रोकाया द्धितीय, र खप्तड छान्ना गाउँपालिकाकै जयराज जोशी तृतीय भएका छन् ।स्थानीय कलारकासाथै अन्य जिल्ला तथा अन्य प्रदेशबाट आएका देउडा पारखीहरु कालिकोटका नेत्र बहादुर शाहीको टीम, अछाम जिल्लाबाट आएकी बिमलाको टीमलाई विशेष सम्मान गरिएको नेपाल स्काउट जिल्ला स्काउट बझाङका संयोजक शिक्षाप्रेमी जोशीले बताउनुभयो ।महिलातर्फको देउडा खेलमा लालीगुँरास महिला समूहकी हरिना जप्रेलको टीम प्रथम, खप्तड छान्ना गाउँपालिकाको टीम द्धितीय र सुर्मा गाउँपालिकाकी राजकला धामीको टीम तृतीय भएका छन् । भुमीदेव आमा समूहकी अप्सरा चलाउनेले उत्कृष्ट प्रर्दशन गरी बझाङ तारा देउडाका राजा पुरस्कारबाट सम्मानित भएकी छिन् । त्यसैगरी मष्टा गाउँपालिकाकी बास्मती कठायतको टीम, देउडाभाका पैतली झ्याम्मै पुरस्कारबाट सम्मानित भएकी थिइन् ।यस्तै प्रदेशस्तरिय प्रतियोगितामा बाजुराको टिम प्रथम भएको छ । देउडा प्रतियोगितामा सबै खेलाडीलाई उछिन्दै प्रथम हुन सफल बाजुराकी देउडा खेलाडी सुना बिक नगद ६० हजारले पुरस्कृत भएकी छन् । कार्यक्रमलाई सभ्यभव्य रुपमा सफल पार्नको लागि नेपाल स्काउट बझाङ, रेन्जर स्काउट, लगाएत सुरक्षकर्मीका साथै स्वयम सेवकको पनि सहयोग रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस