उदयपुर । उदयपुरका स्थानीय तहहरु पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न ठाउँमा भ्यू टावर निर्माणको प्रतिस्पर्धामा लागेका छन् ।
जिल्लाका आठ वटै स्थानीय तहले पर्यटकका लागि दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरेका हुन् ।
चौदण्डीगढी नगरपालिकाले ऐतिहासिक स्थल चौदण्डीगढी दरबार परिसरको बतासे डाँडामा टावर निर्माणको काम ९० प्रतिशत पूरा गरिसकेको छ ।
शहरी विकास मन्त्रालय, नगरपालिका, संसद् क्षेत्र विकास कोष, नागरिक उड्यन तथा पर्यटन मन्त्रालयसहितको ५० लाख रुपैयाँको लागतमा यो भ्यूटावर निर्माण गर्न लागिएको हो
टावरबाट खोटाङ, भोजपुरका साथै मकालु, कञ्चनजंघा, सगरमाथा हिमालको दृश्यावलोकन र तराईसहित उत्तरी भारतका फाँट देख्न सकिन्छ ।
उदयपुर गढी, ताप्ली, लिम्चुवुङ र रौतामाई गाउँपालिकाले पनि दृष्यावलोकन स्तम्भ निर्माणको प्रक्रिया सुरु गरेका छन् ।
उदयपुरका हरेक स्थानीय तहले आफ्ना छुट्टै ऐतिहासिक पर्यटकीय, पुरातात्विक र सांस्कृतिक महत्व बोकेका छन् ।
यसको महत्व दर्शाउँदै स्थानीय पर्यटन प्रवद्र्धन र समृद्धिका लागि भ्यू टावर निर्माणमा जुटेको स्थानीय प्रतिनिधि बताउँछन् ।
स्थानीय जनप्रतिनिधिले देखिने कार्यको रुपमा भ्यूटावरलाई नै प्राथमिकतामा राखेका छन् ।
कटारी नगरपालिका र त्रियुगा नगरपालिकाले पनि भ्यु टावर राखेर पर्यटकलाई आर्कषण गर्ने योजना तयार पारेको बताइएको छ ।
प्रतिकृया दिनुहॊस