डोटीमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, दुई घाइते

डोटी । अत्तरिया–स्याउले जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडामा शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले दिएकाे जानकारीअनुसार जीप दुघटनामा परि भारतको बरेली घर भएका अन्दाजी अमेर ४०/४१ का बब्लुको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परि डोटीको केआई सिंह गाउँपालिका–५, रानागाउँ बस्ने वर्ष १९ का  शंकर राणा र जीप चालक  सुवास प्रजापति घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री