News desk

देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडाैँ । नेपाल चिकित्सक संघले आज (शुक्रबार) देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प पारेको जनाएको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औं पटक अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। काठमाडौंको त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेक बिहानैदेखि सबै सेवा बन्द गरिएको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए। ‘आज एक दिनका लागि बन्द गराएका हौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यदि सरकारले समस्या …

पुरा पढ्नुहॊस »

प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई गोलीसहित प्रहरीले पक्रेको हो । कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ । विश्वकर्माको साथमा रहेको झोला चेकजाच गर्ने क्रममा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम …

पुरा पढ्नुहॊस »

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने संकेत

मिलान । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको संकेत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९ राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो तीन महिना अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म यहाँको कुल ग्राहस्थ उत्पादनको ०.१ प्रतिशतको संकुचन रहेकोमा यसबाट पनि थप ०.२ प्रतिशतको कमी …

पुरा पढ्नुहॊस »

ओडारमा हराएका दुई जना मृत अवस्थामा फेला

धादिङ । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र …

पुरा पढ्नुहॊस »

चेल्सीका बासुआइ लोनमा क्रिष्टल आए

एजेन्सी । चेल्सीका फरवार्ड मिसी बासुआइलाई क्रिष्टल प्यालेसले लोनमा भित्र्याएको छ । क्रिष्टलले सिजनको अन्तिम सम्मको लागि फरवार्ड बासुआइलाई अनुबन्ध गरेको हो । हाल लोनमा स्पेनिस क्लब भ्यालेन्सियामा रहेका बेल्जियमका फरवार्ड बासुआइ संगको अनुबन्ध रकम भने खुलाईएको छैन । बासुआइले भ्यालेन्सियाबाट १५ खेलमा १ गोल गरेका थिए । सन् २०१६ मा चेल्सी आएका बासुआइ गत सिजन लोनमा जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका थिए । डर्टमण्डबाट बासुआइ यसै सिजन भ्यालेन्सिया पुगेका थिए ।

पुरा पढ्नुहॊस »

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको नाफा ६ महिनामा १ करोड ५९ लाख

काठमाडाैँ । ५३ करोड १६ लाख ५८ हजार रुपैयाँ चुक्तापूँजी रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड ५९ लाख २३ हजार रुपैयाँ मुनाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिको भन्दा १७ दशमलव ४५ प्रतिशतले नाफा घटेको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ करोड ९२ लाख ९१ हजार रुपैयाँ  रहेको थियोे । सम्भावित नोक्सानीको लागी करीब ३ करोड …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको नयाँ शाखा रुपन्देहीको मानपकडीमा

काठमाडाैँ । गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सी प्रसाद चौधरीले गरे । कार्यक्रममा सभासद चौधरीले गण्डकी विकास बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउन आग्रह गर्दै बैंकलाई यस मानपकडीमा स्वागत गर्न पाउदा खुसी लागेको बताए । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा …

पुरा पढ्नुहॊस »

जनरल इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच बिहिबारका आयोजित कार्यक्रमबीच उक्त सेवा प्रदान गर्ने सम्वन्धी सम्वन्धी सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका महा प्रबन्धक एस् के तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूले शेयर धनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडाैँ । बैंक अफ काठमाण्डूले आफ्ना शेयर धनीलाई शेयर पुँजीको १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंक अफ काठमाण्डूको २४ औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको थियो। बैंकका अनुसार राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्स बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो।

पुरा पढ्नुहॊस »

सांग्रिला बैंकका ग्राहकलाई ग्राण्डीमा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता …

पुरा पढ्नुहॊस »