सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ।

सरकारको कार्यशैलीप्रति रुष्ट कांग्रेसले ११ वटा मुद्दा उठाउँदै आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो। त्यसका लागि धेरैजसो शीर्ष नेताहरू गृहजिल्ला पुगिसेकेको कांग्रेसले जनाएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ तथा महामन्त्री डा. शशांक कोइरालाले नवलपुरको विरोध सभामा सहभागी हँुदैछन्।

यसैगरी पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।चितवनको सभा अहिलेसम्मकै विशाल हुने उनको दाबी छ।

यसैगरी शेखर कोइराला मोरङ तथा युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुनेछन्।

काठमाडौंमा हुने विरोधसभा विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने बताइएको छ। सभालाई कांग्रेसका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्।

ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ।

कांग्रेसले उठाउने ११ मुद्दा
१। संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार।
२। स्वर्गीय नेताहरू- गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको असफल प्रयास।
३। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक डाकेर नियुक्तिका घटना।
४। देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको मुद्धा।
५। महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू।
६। जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू।
७‍‍। वाइडबडी जहाज खरिदमा भएको अर्बौंको घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न आवाज उठाउने।
८‍। नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बुढी गण्डकी बहुउदेश्यीय परियोजनाबिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर, के रहस्य लुकेको छरु
९। आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्तीको विषय।
१०। ३३ किलो सुन काण्डमा ुठुला माछाु सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैनरु
११। प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचार।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री