News desk

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको …

पुरा पढ्नुहॊस »

मन्त्री बन्ने कुनै चाहना छैन : विश्वप्रकाश शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन् । कांग्रेस झापा क्षेत्र नम्बर १ काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको ‘सम्मान समारोह’मा बोल्दै शर्माले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको बताए । मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा भएको उनले बताए । कुनै बेला एक्लै दुईतिहाइ …

पुरा पढ्नुहॊस »

विश्वकपको उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै, को बन्ला च्याम्पियन ?

काठमाडाैँ । विश्वकप फुटबलको उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फ्रान्स मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार राति पौन ९ बजे सुरु हुनेछ । फ्रान्सले लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो । अर्जेन्टिना ८ वर्ष पछि फाइनलमा फर्किएको हो । फ्रान्सले २०१८ मा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो । अर्जेन्टिना भने २०१४ मा …

पुरा पढ्नुहॊस »

मोरक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

काठमाडाैँ । मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपमा तेस्रो भएको छ । अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो । खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २-१ को दोस्रो पटक अग्रता दिलाएका हुन् । त्यहि गोल निर्णायक बन्यो । त्यसअघि खेलको सातौँ मिनेटमा नै १-० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १-१ …

पुरा पढ्नुहॊस »

राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ राष्ट्रपति को बन्ने भन्ने चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी वा उनीसरहका व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा चलिरहेका बेला उनकै पार्टीका उपसभापति खड्काले गम्भीर चिन्ता व्यक्त गरेका हुन् । यस क्रममा खड्काले कस्ता व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्छ भन्ने विषयमा आफ्नो धारणा पनि राखेका छन् । ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो’, …

पुरा पढ्नुहॊस »

कति छ आज तरकारी तथा फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौंले आज (शनिबार) का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ रहेको छ भने हरियोको २१० रुपैयाँ छ । यसैगरी अदुवाको ५६, अनारको २९३, अमलाको ६६, अम्बाको १३५, रातो आलुको ५३ रूपैयाँ रहेको छ । केरा दर्जनको १२६ रूपैयाँ, जुनार २३५ मौसम १६५ हुँदा भूईंकटहरको ११० रूपैयाँ छ । हेर्नुस् …

पुरा पढ्नुहॊस »

सोविता गौतमले बलात्कार घटनालाई लिएर दिएको अभिव्यक्तिको आलोचना

काठमाडौँ । मानवअधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र २ बाट निर्वाचित सांसद सोविता गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । सांसद गौतमले एक सञ्चार माध्यममा बलात्कार घटनालाई सामान्य भनेको भन्दै अधिकारकर्मी अन्सारीले आपत्ति जनाएकी हुन् । पछिल्लो समय सांसद गौतमले बलात्कार हुँदा महिला पुनर्स्थापना हुन सक्ने तर खुट्टा नै काटिदिएमा जीवन समाप्त हुनेभन्दै एक अन्तरवार्ता दिएकी थिइन् । उनको सो अभिव्यक्तिको विरोध गर्दै मानवअधिकारकर्मी …

पुरा पढ्नुहॊस »

पेट्रोल, डिजेल र मट्टीतेलमा नयाँ मूल्य, अब कति पर्छ ?

काठमाडौँ । नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, …

पुरा पढ्नुहॊस »

कांग्रेसबाहेक पार्टीमा संसदीय दलको नेता निर्विवाद

काठमाडाैँ । प्रमुख दल कांग्रेसभित्र संसदीय दलको नेताका लागि आधा दर्जन नेताबीच रस्साकस्सी चलिरहेका वेला दोस्रो ठूलो एमालेसहित अन्य दलमा भने सर्वसम्मत चयनको तयारी छ । एमालेसँगै माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र लोसपाले पार्टी नेतृत्वलाई नै संसदीय दलको नेता बनाउन लागेका हुन् । एमालेले निर्वाचनमै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका अध्यक्ष केपी ओली नै सर्वसम्मत संसदीय दलको नेता चयन हुँदै छन् । पार्टीले चुनावअघि नै ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले …

पुरा पढ्नुहॊस »

देउवाले बोलाए सांसदहरूको भेला

काठमाडौँ । समानुपातिकको समेत अन्तिम निर्वाचन परिणाम आइसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पहिलो पटक सबै सांसदको भेला बोलाएका छन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ । सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका छन् । उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत उनले यसबारे जानकारी पाएका थिए । केही सांसदहरूलाई भने उपसभापति धनराज गुरुङले भेलाबारे जानकारी गराएका थिए ।

पुरा पढ्नुहॊस »