News desk

नेपालमा पनि भेटियो ओमिक्रोनको सबभेरियन्ट ‘एक्सबीबी’, संक्रमण फैलन सक्ने चेतावनी

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ सब–भ्यारियन्ट एक्सबीबी(ग्र्य्फोन ) भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब–भ्यारियन्ट एक्सबीबी भेटिएको हो । गत साउन २१ गतेदेखि असोज १४ गतेसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी भेटिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारिले बताए ।यो भ्यारियन्ट पहिलो …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा १९.६५ प्रतिशत ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५.८८ प्रतिशत ले बढेर १ अर्ब ५४ करोड रुपैयाँ भएको छ । गत वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ४५ …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–७९ को कमाइबाट आफ्ना शेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबारको बैठकले आर्थिक वर्ष २०७८–७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयर धनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको हो । जसमा बोनस शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँया छ । प्रस्तावित लाभांश …

पुरा पढ्नुहॊस »

डेंगु संक्रमितको संख्या ३३ हजार ९७५, ४४ जनाको मृत्यु

काठमाडौं । डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ। हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो।

पुरा पढ्नुहॊस »

बुद्धएयरको २५ वर्षे यात्रा : जहाज थपेर गन्तव्य विस्तार गर्ने योजनामा

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय १८ उडानमार्फत कूल एक करोड ८० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले जानकारी दिएको छ । …

पुरा पढ्नुहॊस »

भिभोको चाडपर्व अफरमा १५ हजार जना सहभागी

काठमाडौं । भिभो नेपालले चाडपर्व लक्षित अफरमा १५ हजार जना सहभागी भएका छन् । दसैँ तिहारलाई लक्षित गर्दै ‘दसैँ तिहार भिभोको साथमा दैनिक उपहार हातमा’ नामक अफर ल्याएको थियो । यस अफरमा अहिलेसम्म १५ हजार बढीले सहभागी भएको कम्पनीले जनाएको छ । यस अफरमा दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउने छन् । साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई १५सी स्मार्टफोन, हरेक दिन एक जनाले …

पुरा पढ्नुहॊस »

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौं – नोबेल पुरस्कार सप्ताह २०२२ को अन्तिम दिन अर्थशास्त्रको नोबेल पुरस्कार घोषणा गरिएको छ । यस वर्ष अर्थशास्त्र तर्फको नोबेल पुरस्कार बैंकिङ क्षेत्रका विज्ञ तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ । यी हुन् – बेन बर्नाके, डगलस डायमन्ड र फिलिप डिभिग । तीनै जनाले आर्थिक मन्दीको युगमा बैंकिङ क्षेत्रको सुधारका लागि अनुसन्धान गरेका थिए र मानवतालाई बचाउने राम्रा उपाय सुझाएका थिए । तीनै विज्ञ अमेरिकाका हुन् । यस अघि यस …

पुरा पढ्नुहॊस »

चाडपर्वमा शाओमीको मोबाइल फोनहरूमा विशेष छुट

काठमाडौं । शाओमी नेपालले चाडपर्वको अवसरमा आफ्नो मोबाइल सेटहरूमा मूल्य छुट गरेको छ । चाडपर्वको अवसर पारेर आफ्ना उपभोक्ताहरूका लागि तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ । यस अफर सँगै ग्राहकहरूको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले बताए । यो अफर अन्तर्गत उपभोक्ताहरूले रेडमी नोट ११ सिरिजमा एकहजार, शाओमी १२ सिरिजमा तीन हजार र भर्खरै लन्च गरिएको पोको एम ५ मा  ५०० सम्मको …

पुरा पढ्नुहॊस »

सनराइज बैंकका ब्राण्ड प्रमुख थापा ‘बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर’ बाट सम्मानित

काठमाडौं । सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर बाट सम्मानित भएका छन् । आश्विन १३ गते सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर सनराइज बैंकका ब्राण्ड व्यवस्थापन तथा सिएसआर र मिडिया विभागका प्रमुख थापाले प्राप्त गरेका हुन् । उक्त अवार्ड युपिएफ एसिया प्यासिफिकका का सह–अध्यक्ष डा. रोबर्ट एस. किटेल (अमेरिका) र पूर्व मन्त्री माननियय …

पुरा पढ्नुहॊस »

‘हाइड्रोबाट हाइड्रोजन’ को यात्रामा मुलुक, बन्दैछ ऊर्जाको वैकल्पिक स्रोत

काठमाडौं । ‘दुई वर्षअघि हाइड्रोजनबाट ऊर्जा उतपादन हुन्छ र त्यसमा नेपालले पहल गर्नुपर्छ भन्ने धारणा राख्दा धेरैले उडाएका थिए । नचाहिँदो कुरा भन्दै यसलाई अस्वीकार गर्नेहरु धेरै थिए । तर, आज ऊर्जाको वैकल्पिक स्रोतका रुपमा संसारभर नै हाइड्रोजनलाई उपयोग गर्ने योजना बनेको छ । नेपालले पनि यसलाई क्रमशः आत्मसात् गर्न थालेको छ’, यो भनाइ हो, काठमाडौँ विश्वविद्यालयका उपकूलपति भोला थापाको । काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजनको प्राज्ञिक अध्यापन समेत सुरु गरेको …

पुरा पढ्नुहॊस »