राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ राष्ट्रपति को बन्ने भन्ने चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी वा उनीसरहका व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा चलिरहेका बेला उनकै पार्टीका उपसभापति खड्काले गम्भीर चिन्ता व्यक्त गरेका हुन् । यस क्रममा खड्काले कस्ता व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्छ भन्ने विषयमा आफ्नो धारणा पनि राखेका छन् ।

‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो’, शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो प्रष्ट धारणा छ- राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल–दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नु पर्छ यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्तैन, गर्नु हुँदैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

प्रतिकृया दिनुहॊस