News desk

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रुपमा अघि बढाइने प्रधानमन्त्रीकाे घाेषणा

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् । महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उहाले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन तर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्धनका साथै आयुर्वेद औषधिको उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यस्थित गर्ने नीतिगत निर्णय गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष …

पुरा पढ्नुहॊस »

डिशहोमले कार्यान्वयनमा ल्यायो इन्टरनेटको नयाँ प्रविधि आईपीभी सिक्स

काठमाडाैं । डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ। कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो। कम्पनीका अनुसार इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ। हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ। इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो। विश्वभर …

पुरा पढ्नुहॊस »

‘हिमालयन इन्क्युबेटर’ सुरु, उद्यमी र स्टार्टअपहरुलाई यस्ता फाइदा

काठमाडाैं । हिमालयन बैंकको सब्सिडरी कम्पनी हिमालयन क्यापिटल लिमिटेडले ‘हिमालयन इन्क्युबेटर’ सुरु गरेको छ। प्रविधि स्टार्टअपको रुपमा ल्याइएको यसले उद्यमीलाई निःशुल्क वर्कस्पेस, तालिम र मार्गदर्शन उपलब्ध गराउने कम्पनीले जनाएको छ। यसबाट स्टार्टअपहरुले संस्थाको परामर्श र अनुसन्धान विभागबाट निरन्तरको अन्तर्क्रिया र मार्गदर्शन पाउने जनाइएको छ। स्टार्टअपहरु र उद्यमीहरुलाई कम्पनी सञ्चालनसम्बन्धी संरचनागत तालिमहरु, व्यवसायको मोडल, लगानी वृद्धिका उपाय यसले सुझाउनेछ। इन्क्युबेटर स्टार्टअपका माध्यमबाट उद्यमीलाई लगानीकर्ता, आपूर्तिकर्ता, ग्राहक र अन्यसँग नेटवर्क बनाउन र …

पुरा पढ्नुहॊस »

नवनिर्वाचित उपत्यका निर्माण व्यवसायीको सपथ

काठमाडौं । उपत्यका निर्माण व्यवसायी संघको नवौँ अधिवेशनबाट कृष्णप्रसाद गौतमको अध्यक्षतामा नयाँ निर्वाचित पदाधिकारीले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको उपस्थितिमा निर्वाचन अधिकृत अधिवक्ता युवककुमार गौतमले नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद गौतमलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । अध्यक्ष गौतमले नवनिर्वाचित अन्य पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । सपथ ग्रहण कार्यक्रममा महासंघका उपाध्यक्ष एवं काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका निवर्तमान …

पुरा पढ्नुहॊस »

खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

काठमाडाैँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ। मर्जर हुने यी दुवै संस्थाहरूमध्य खप्तड लघुवित्तको कार्यक्षेत्र शुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो । दुई संस्थाबीच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए। उक्त अन्तिम सम्झौतापत्रमा …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले बीवाईडीका विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडाैँ । कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि …

पुरा पढ्नुहॊस »

‘मेरो डिजिटल देश’ अभियान प्रवर्द्धनका लागि दयाहाङ राई युएई जाँदै

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा इसेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो दयाहाङ राई युएई जाने जानुहुने भएको छ । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत इमिरेट्स एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा राई युएई जान लाग्नुभएको हो । युएई प्रस्थानपछि राईले शारजाहस्थित इमिरेट्स एक्सचेन्जका सज्जा-३ शाखा, शनिबार दुबईस्थित सोनापुर शाखा, जेबेल अली शाखा, ग्राण्ड हाइपर शाखा, आबुधावीस्थित मफराक सेन्टरमा इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने …

पुरा पढ्नुहॊस »

२ करोड ४० लाख पर्ने फोर्डको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ सार्वजनिक

काठमाडाैँ । बजारमा फोर्डको नयाँ एसयुभी सार्वजनिक भएको छ। जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड)ले नेपाली बजारमा नयाँ संस्करणको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ सार्वजनिक गरेको हो। नेक्स्ट जेन फोर्ड एभरेष्टमा कम्पनीले ग्राहकहरूको इच्छा र आवश्यकता अनुसारका विशेषताहरू पाउन सकिन्छ। गाडी निकै आकर्षक हुनुका साथै नवीन प्रविधिले भरिपूर्ण छ। नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर बाई-टर्बो डिजेल इन्जिनमा १०-स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ। यसले २१० पिएस पावर र ५०० एनएम …

पुरा पढ्नुहॊस »

स्लिम मोडलको रियलमी १० नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोस्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ भने आठ जिबी र्‍याम र १२८ जिबी रोमको स्टोरेजमा उपलब्ध फोनको मूल्य २९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार रियलमी १० मा आठ जिबीसम्मको भर्चुअल ¥याम राखिएको छ, जसले गर्दा र्‍यामको स्टोरेज १६ …

पुरा पढ्नुहॊस »

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो । आज …

पुरा पढ्नुहॊस »