News desk

रुसी हमलापछि युक्रेनका ४० लाख मानिसको विद्युत् प्रभावित

एजेन्सी । रुसले देशको विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका करिब ४० लाख मानिस प्रभावित भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । ‘अहिले हाम्रो देशका धेरै शहर र अन्य क्षेत्रहरूमा लोडसेडिङको तालिका प्रयोग गर्छन’, नियमति सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने । लोडसेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अबलम्बन गरिएको उनको भनाइ छ । केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य उर्जा केन्द्रहरूमा हमला गरेको थियो । पछिल्ला समयमा रुसी सेनाले …

पुरा पढ्नुहॊस »

एमआरआर ग्रुपलाई फेसबुकले बनायो निस्क्रिय

काठमाडाैँ । नेपाली युवाहरुको ठूलो संख्याले फलाले गरेको एमआरआर (मेन्स रुम रिलोडेड) ग्रुपलाई फेसबुकको कम्पनी मेटाले निस्क्रिय बनाइदिएको छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै फेसबुकले यो ग्रुपलाई निस्क्रिय बनाइदिएको हो । तर, एमआरआरका एडमिनले कुन पोस्टका कारण फेसबुकको कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको भन्ने खुलाएका छैनन् । फेसबुकमा एडमिनले नै आफ्नो ग्रुप फेसबुकले निस्क्रिय बनाइदिएको जानकारी चाहिँ दिएका छन् । पछिल्लो समय राजनीतिक पोस्टहरु पनि हुन थालेको यो ग्रुप यसअघि …

पुरा पढ्नुहॊस »

मेरा लागि गोरखा अहिलेसम्मका चुनावमध्ये सहज छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्मको चुनावमध्ये आफ्ना लागि गोरखा सहज भएको बताएका छन् । बिहान भच्चेकमा कार्यकर्तासँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गोरखा आफ्ना लागि अहिलेसम्मका चुनावमध्ये सहज भएको बताएका हुन् । गठबन्धनभित्र दरिलो एकता भएको उनको भनाई छ । ‘गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु,’ उनले भने, ‘गोरखामा निश्चित सपना बोकेर …

पुरा पढ्नुहॊस »

सूर्य थापाको चुनाव प्रचारमा बालबालिका प्रयोग, आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले एमाले उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण सोधेको छ । प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापाले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो । बालबालिका प्रयोग गरिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको जनाइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१)को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा १०.६१ प्रतिशतले घटेर ८७ करोड ४१ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी …

पुरा पढ्नुहॊस »

कांग्रेसको संकल्प पत्र : एक घर, एक धारा अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको ब्याज आम्दानी बढ्यो, खुद नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफा १९.९७ प्रतिशतले घटेर ६० करोड ४० लाख ९८ हजार रुपैयाँमा सीमित बनेको छ । गत वर्षको यसैअवधिमा भने ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्जसँगै कर्मचारी खर्च पनि बढेको …

पुरा पढ्नुहॊस »

बुलिङटारमा बस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (नामावलीसहित)

काठमाडौँ । पाल्पाको रम्भा गाउँपालिका-१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार-२, मथारमा भएको दुर्घटनामा ३० जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीकाअनुसार ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा रम्भा गाउँपालिका-१ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय …

पुरा पढ्नुहॊस »

मनकामनाका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडाैँ । पाल्पाबाट गोरखाको मनकामनाका आउँदै गरेको बस दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ । मनकानमना दर्शन गर्न हिंडेका भक्तजन बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । डेढगाउँ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार अहिले उद्धार गर्ने क्रम जारी छ । ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बसमा सवार ३० जनाको उद्धार गरिएको उनले बताएका …

पुरा पढ्नुहॊस »

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गरेका छन् । छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो । नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई …

पुरा पढ्नुहॊस »