दक्षिण अफ्रिका अपराजित रहँदै पहिलो पटक विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले स्तब्ध

काठमाडौं । दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अविजित रहेका रीजा हेन्ड्रिक्सलेले २९ कप्तान एडन मार्कमले २३ रन बनाए । क्विन्टन डिककले ५ रन जोडे । अफगानिस्तानका लागि फजलहक फारुकीले मात्र एक विकेट लिन सके ।

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अलआउट भयो । उसका लागि अजमातुल्लाह उमरजाईले सर्वाधिक १० रन जोडे ।​ रहमानउल्लाह गुरबाज (शून्य), इबराहिम जाद्रान (२), गलबन्दिन नाइबन (९), मोहम्मद नाबी (शून्य), नङ्गेलिया खरोटे (२), करिम जनत (८), नूर अहमद (शून्य), कप्तान राशिद खान (८) र नवीनलउल हक (२) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिका अपराजित रहँदै फाइनल पुगेको हो । उसले समूह विजेताको हैसियतमा सेमिफाइन र सुपर-८ को यात्रा गरेको थियो । दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंका, नेपाल, नेदरल्याण्ड्स र बंगलादेश तथा सुपर-८ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज र अमेरिकालाई हराएको थियो ।

अफगानिस्तानले समूह चरणमा न्यूजिल्याण्ड, युगान्डा र पपुवा न्यूगिनी (पिएनजी) तथा सुपर-८ मा अस्ट्रेलिया र बंगलादेशलाई हरायो । उसले जारी विश्वकपमा समूह चरणमा वेस्ट इण्डिज र सुपर-८ मा भारतसँग मात्र पराजय बेहोरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ …

प्रतिकृया दिनुहॊस