News desk

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा-सिटिजन्स साथीको सुरुवात

काठमाडाैँ । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूका लागि वेबसाइटमार्फत च्याटबट सेवा –सिटिजन्स साथीको’ शुभारम्भ गरेको छ । यस सेवामार्फत अब आदरणीय ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवाद्वारा गर्न सक्नेछन् । ग्राहकहरूले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न पाउने बैंकले जनाएको छ । यस सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकहरूका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास …

पुरा पढ्नुहॊस »

सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ४ सयले बढेर प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ। यता, चाँदी प्रति तोला …

पुरा पढ्नुहॊस »

बैंकिङ कसुरमा ४ लाख ९० हजार जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

काठमाडाैँ । बर्दियामा बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । गुलरिया नगरपालिका–१२ बस्ने ईदु साई पक्राउ परेका हुन् । उनलाई उच्च अदालत पाटनले गत वैशाख ४ गते बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले लुकिछिपी हिँडिरहेको अवस्थामा गुलरिया नगरपालिका–६ बाट पक्राउ मंगलबार पक्राउ …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिममा भूकम्पले भत्कायो घर (तस्बिरहरू)

काठमाडाैँ । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको भने धेरै धनजनको क्षति भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ । यस्तै गाउँपालिकाकै उपरकाँडा र बलकट्टेका १५० भन्दा बढी घरमा आंशिक तथा केही घरमा पूर्ण क्षति भएको स्थानीय मीनबहादुर साउँदले बताए। जिल्ला प्रशासन कार्यालय डोटीकी सूचना अधिकारी दीपा जोशीका अनुसार सायल गाउँपालिकाका …

पुरा पढ्नुहॊस »

मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

काठमाडाैँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचय पत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिकामा ९० बलात्कारका घटनामा एक पुरुष दोषी ठहर

एजेन्सी । दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनामा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो । पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ । ‘उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिम भूकम्पका मृतकप्रति प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली, उद्धार र राहतमा खटिन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले मृतकमा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभका कामना गरेका हुन् । साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ …

पुरा पढ्नुहॊस »

आचारसंहिता समान रुपमा लागू हुन्छ, साना–ठूला दल भन्ने हुँदैन : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताएका छन् । ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा भण्डारीले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताएका हुन् । आचारसंहिता कार्यान्वयनमा साना वा ठूला दल भन्ने प्रश्न नआउने उनले बताए । आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले भने, ‘आचारसंहिता निर्वाचनको …

पुरा पढ्नुहॊस »

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने ती प्रदेशका …

पुरा पढ्नुहॊस »

डलर र युरो बराबर, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »