एसईईको रिजल्टमा चित्त बुझेन ? अनलाइनबाटै दिन सकिन्छ ‘रिटोटलिङ’का लागि निवेदन

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ (पुनर्योग) का लागि निवेदन दिन सकिने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक एसईईको नतिजामा नबुझेको खण्डमा अनलाइनबाटै रिटोटलिङको निवेदन दिने व्यवस्था गरेको हो ।

पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नु पर्नेछ । नतिजा नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय ईकाई विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् ।

५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएकाे बाेर्डले जनाएकाे छ। अर्थात् दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल (एनजी) भएका छन् । तीमध्ये एक लाख १५ हजार ८३४ विद्यार्थीले मात्रै मौका परीक्षा(कम्पार्ट) अर्थात् स्तर वृद्धि परीक्षा दिन पाउने भएका छन् । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

दुई विषयमा एनजी भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जंगलमा घाँटी रेटिएको अवस्थामा भेटिएका ओभरसियरको मृत्यु

काठमाडौं । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियरको मृत्यु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस