फिल्ली क्याफेः अन्तर्राष्ट्रिय स्वादको चिया अनुभव अब नेपालमा

काठमाडौं । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालीले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई विश्व बजारमा प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय स्तरको चिया स्वादलाई नेपाली माझ चिनाउन दुबईको प्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्र्याएको छ।

पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा खुलेसँगै लाजिम्पाट लगायत ठमेल, बौद्ध तथा लबिम मल – पुलचोकमा गरी आफ्नो ४ आउटलेट बिस्तार गरी एक कार्यक्रमका बीच फिल्ली क्याफेको औपचारीक समुद्घाटन गरेको हो।

कार्यक्रममा प्रमुख अतिथी रहिफ फिल्ली संस्थापक सिईओ फिल्ली क्याफे, फिल्ली क्याफे नेपालका सञ्चालकद्धय नविन खड्का र धुब्र रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, बिशेष अतिथी महानायक राजेश हमाल, बिशेष अतिथी क्रिकेटर सोमपाल कामी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

फिल्ली क्याफेले चियाको पारखीहरुका लागि ४ ओटा शाखामार्फत सेवा सञ्चालनमा ल्याएको छ। चाँडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा बिस्तार सहित आगामी ५ वर्षमा नेपाल अधिराज्यभर २५ ओटाभन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नविन खड्काले जानकारी गराए।

युवा विदेशिने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटी बिजनेशमा रोजगारीको अवसर सृजना गरी युवालाई स्वदेशमै स्वाबलम्बन हुन अभिप्रेरित गर्ने उद्धेश्यसहित दक्ष जनशक्ति र सिप अभिमुखिकरणका लागि फिल्लीका आउटलेटहरुले अवसर प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको दाबी गरेको छ। यस बाहेक आफ्नै बेकरी उत्पादन, सेंटल किचेन र बारिस्टा कोर्सहरुको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्रब रिजालले बताए।

बढ्दो चिया संस्कृतिलाई आत्मसात गर्दै फिल्ली क्याफे आफनै विशेष स्वाद पस्कदै ग्राहकहरुको मन जित्न सफल भएको छ। जैविक उत्पादन र ताजा पारम्परिक तरिकामा पकाइएको खाना, उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवम् कोलाहल मुक्त वातारणले गर्दा आफु यस क्याफेको रेगुलर ग्राहक भएको विशेष अतिथि महानायक राजेश हमालले बताए।

रफिह फिल्लीले काठमाडौंमा फिल्ली क्याफे ल्याउन पाउँदा हर्षित छौं र चिया पारखीहरुका आकर्षक गन्तव्य बन्नेमा हामी ढुक्क रहेको बताए। आकर्षक इन्टेरिएर डिजाइन तथा समाजिक भेटघाट तथा शहरका पायक पर्ने स्थानहरुमा फिल्लीका आउटलेटहरु सञ्चालनमा आएका छन् जसले गर्दा चियाका पारखीकाहरुका लागि यो क्याफे विशेष रोजाइमा परेको छ।

दुबईमा एक सानो स्थानीय क्याफेको रूपमा सुरू भई चिया प्रेमीहरूलाई सेवा गर्दै हाल १५ ओटा देशहरुमा आफनो चेन बिस्तार तथा स्थापित गरिसकेको फिल्ली आज चियाको लागि प्रतिष्ठित नाम हो। फिल्ली यसको सिग्नेचर ‘जाफ्रान टी’ को लागि परिचित छ, जुन चियाको अनुपम मिश्रण हो।

फिल्ली क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि समावेश गर्दछ। आइस्ड चिया, मिल्कशेक मकटेल, बन कबाब, स्यान्डविच, मोमो लगायतका मेनुले भारतीय तर मध्य पूर्वी खानाका स्वादहरुलाई पूरा गर्दछ।

यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, भारत र मौरिससमा गरी करिब १५ ओटा देशहरुमा आफ्नो बलियो उपस्थितिको साथ अहिले नेपालमा ४ ओटा शाखासहित सञ्चालनमा रहेको फिल्ली क्याफे संसारभरि एक प्रसिद्ध र प्रिय चिया ब्रान्डको रुपमा परिचित रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस