News desk

पाँच ५ वर्षमा गरेका कामले मतदाताको मन जितेको छु : प्रकाशमान सिंह (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफूले मतदाताको मन जित्न सफल भएको दावी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार सिंहले विगत ५ वर्षमा आफू नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको जिकिर गरे । मंगलबार बिहान चुनावी घरदैलो कार्यक्रमका क्रममा उनले आफूलाई मतदाताले ३ पटकसम्म विश्वास गरेको तर सुरुको २ पटकको समय संविधान निर्माणको काममा व्यस्त हुनु परेको स्पष्ट पारे । संविधान र्निमाण पछि भने …

पुरा पढ्नुहॊस »

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजावी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

डडेलधुरामा देउवालाई एमालेको मौन समर्थन छ : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा छन् । प्रतिनिधि सभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहौल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन् । मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखेको प्रतिक्रिया दिए । ‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान् …

पुरा पढ्नुहॊस »

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

काठमाडौं । बीमा समिति प्राधिकरणमा रुपान्तरण भएको छ । समितिको नामबाट बीमा कम्पनीको नियमन गर्दै आए पनि आजबाट भने प्राधिरणको नामबाट नियमन हुनेछ । बीमा ऐन२०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारवाही प्राधिकरणमा रुपान्तरण भएको हो । सो ऐन भदौ अन्तिममा संघिय संसदबाट पारित भएको बीमा विद्ययेक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी थिइन्। प्रमाणीकरण भएको एक महिनामा लागू हुने कानुनी प्रावधान अनुसार ऐन मंगलबारबाट लागू हुदैछ। त्यसैले समितिले …

पुरा पढ्नुहॊस »

राधी विद्युतको २९ कात्तिकदेखि १३ लाख कित्ता शेयर लिलामी खुल्दै

काठमाडौं । राधी विद्युत कम्पनीले २९ कात्तिकदेखि सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता शेयर लिलामी बिक्री खुला गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोल कबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद मंसिर ७ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । राधी विद्युतले गत असोज ५ गतेदेखि १४७५ हकप्रद शेयर …

पुरा पढ्नुहॊस »

प्रचण्ड, रवि र नारायणकाजीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माओवादी केन्द्रकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । प्रचण्ड गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । रवि प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ का उम्मेदवार हुन् । तीनै जनालाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको हो । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही …

पुरा पढ्नुहॊस »

मतदान गर्न प्रेरित गर्दै कलाकार (तस्बिरहरू)

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग नेपालद्वारा कलाकारहरूसँग सोमबार अन्तरक्रिया कार्यक्रममा गरेको छ । सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित वरिष्ठ गायिका कुन्ती मोक्तान र संगितकार शिलाबहादुर मोक्तान उहाँका छोरीहरू गायिकाद्धय शिवानी मोक्तान शीतल मोक्तान परिवारकलाकारहरू निर्वाचन सम्बन्धी विभिन्न नारा लेखिएको ’प्लेकार्ड’सहित तस्बिर खिचाएका थिए । साथै, कार्यक्रममा गायक प्रकाश सपुत, गायिका इन्दिरा जोशी, गायिका सुनिता दुलाल, कलाकार किरण केसी …

पुरा पढ्नुहॊस »

सत्ता प्राप्ति र बहिर्गमनको दौडधुपमा नेताहरू

काठमाडाैँ । आसन्न मंसिर ४ को निर्वाचनलाई लक्षित चुनावी कार्यक्रममा शीर्ष नेतासहित उम्मेदवारको दौडधुप बढेको छ । गत बिहीबारदेखि दोस्रो चरणको प्रचार अभियान सुरू गरेका दल तथा उम्मेदवारहरूले मतदातालाई आफ्नो पक्षमा पार्न भेला र आमसभालाई प्राथमिकतामा राख्दै घरदैलो अभियानमा दौडधुप बढाएका हुन् । यसै क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह जिल्ला डडेलधुराका नागरिकसँग मत माग्न भ्याई नभ्याई छ । कात्तिक १७ गतेदेखि डडेलधुरामा रहेका सभापति देउवाले जिल्लाका सबै …

पुरा पढ्नुहॊस »

गठबन्धनको जित सुनिश्चित छ र हामी प्रतिबद्ध छौँ : कमलबहादुर शाह (अन्तर्वार्ता)

मंसिर ४ गते नजिकिँदै गर्दा मौसमी गर्मी घट्दो तर चुनावी गर्मी बढ्दो क्रममा छ । नेताहरू अहिले जनताका घरमा घरदैलोमा व्यस्त छन् । पार्टीका घोषणा पत्र र अगामी निर्वाचित भएपछि विकास कार्यक्रमहरू सहित उनीहरू चुनाव आफ्नो पक्ष पार्न रात दिन लागि रहेका छन् । यसै विषयमा कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा १ का उम्मेदवार कमल बहादुर शाहसँग यसै विषयमा कुराकानी गरेका छन् । मतदानको मिति नजिकिँदै छ, मत परिणामको …

पुरा पढ्नुहॊस »

जसपा नेता मोहम्मद इस्तियाक राईलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ । …

पुरा पढ्नुहॊस »