सोविता गौतमले बलात्कार घटनालाई लिएर दिएको अभिव्यक्तिको आलोचना

काठमाडौँ । मानवअधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र २ बाट निर्वाचित सांसद सोविता गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । सांसद गौतमले एक सञ्चार माध्यममा बलात्कार घटनालाई सामान्य भनेको भन्दै अधिकारकर्मी अन्सारीले आपत्ति जनाएकी हुन् ।

पछिल्लो समय सांसद गौतमले बलात्कार हुँदा महिला पुनर्स्थापना हुन सक्ने तर खुट्टा नै काटिदिएमा जीवन समाप्त हुनेभन्दै एक अन्तरवार्ता दिएकी थिइन् । उनको सो अभिव्यक्तिको विरोध गर्दै मानवअधिकारकर्मी अन्सारीले त्यस्तो सोच राख्ने सांसदबाट केही आस गर्न नसकिने टिप्पणी गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्विटमा लेखेकी छिन्, ‘बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ । बलात्कृतको शरीर साध्य हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सांसद केही दिनमा संसद् प्रवेश गर्दैछिन् । सोच्नुस् कस्तो भविष्य हुनेछ बालिकाको ? न्यायको माग गर्नु डलर ल्याउनु रहेछ । उहाँको सोच यस्तो छ भने के आशा गर्ने ?’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस