मन्त्री बन्ने कुनै चाहना छैन : विश्वप्रकाश शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन् ।

कांग्रेस झापा क्षेत्र नम्बर १ काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको ‘सम्मान समारोह’मा बोल्दै शर्माले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको बताए । मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा भएको उनले बताए ।

कुनै बेला एक्लै दुईतिहाइ बहुमत ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत प्रत्यक्षतर्फ ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्नेबित्तिकै मन्त्री बनिहाल्नुपर्छ भन्ने बेला नभएको उनले बताए । महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए । कांग्रेसले गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिन सक्ने राष्ट्रपति अहिलेको आवश्यकता भएको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस