News desk

स्याङ्जाको वालिङमा सर्पले डसेर मृत्यु

काठमाडाैं । गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए । गएराति ११: ३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उहाँले जानकारी दिए । “सर्पले डसेपछि अस्पतालसम्म ल्याई पुर्याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका उनको पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यही अवस्था कायम रहेमा सम्भवतः भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी गराइन्छ …

पुरा पढ्नुहॊस »

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको निधन

एजेन्सी । भारतका वरिष्ठ राजनीतिज्ञ मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्व संघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उनी उत्तर प्रदेशमा तीन पटकसम्म मुख्यमन्त्री बनेका थिए । उनको अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनका छोरा तथा राजनीतिक उत्तराधिकारी अखिलेश यादवले सोमबार बिहान उनको निधन भएको पुष्टि गरेका हुन् । विभिन्न दलका राजनीतिज्ञ, सार्वजनिक व्यक्तित्वहरू र सर्वसाधारणले …

पुरा पढ्नुहॊस »

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो । असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । विभिन्न रोगबाट समेत ग्रसित उनलाई हाल डेंगुले गलाएको र खाना खान मन नगर्दा समस्या भएको अस्पतालका अधिकारी अमिस पाठकले जानकारी दिए । पछिल्लो ३–४ दिनदेखि उनलाई खानामा बिल्कुलै अरुची हुने तथा खुलेर संवाद गर्न नसक्ने …

पुरा पढ्नुहॊस »

यी चर्चित अनुहार, जसले पार्टीबाट टिकट पाएनन्

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चर्चित नेताहरूले टिकट पाएनन् । पार्टीभित्र र बाहिर पनि चर्चामा रहने नेताहरूलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले नै टिकट नदिएको हो । पार्टीबाट टिकट नपाएपछि केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आफ्नो बचाउ गरेका छन् । सभामुख अग्नि सापकोटा उम्मेदवार बनेका छैनन् । उनले युवाका लागि छाडिदिएको …

पुरा पढ्नुहॊस »

कालिकोट : मलामी गएका वडाध्यक्षसहित १३ जना हराएको पुष्टि

काठमाडौं – कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा पहिरोले कर्णाली नदीमा बगाएका १३ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो कुकुरखोला र कर्णाली नदीको दोभानमा मलामी गएका १३ जनालाई राँचुली गाउँबाट आएको पहिरोले बगाएको थियो । प्रहरीका अनुसार पहिरोसँगै कर्णाली नदीमा बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय …

पुरा पढ्नुहॊस »

१८ अर्ब २५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक २२ गते परिपक्व …

पुरा पढ्नुहॊस »

सन्दीपले भने- ‘किशोरी नाबालिग होइनन्, उनकै आग्रहमा भेटेको हुँ’

काठमाडौं । बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् । न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए । उनकाअनुसार किशोरीकै आग्रहमा सन्दीपले भेटेका हुन् । अधिवक्ता घिमिरेकाअनुसार सन्न्दीपले …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ घट्यो, यस्तो छ बजार भाउ

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँ घटेर ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला …

पुरा पढ्नुहॊस »

देशभर उल्लासपूर्ण उम्मेदवारी : ६ हजार बढीको मनोनयन दर्ता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ । आयोगका अनुसार प्रतिनिधि सभामा कुल २,१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १,९३७ जना पुरूष र १९१ जना महिला छन् । प्रदेश सभातर्फ २,६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २,८४५ जनाको उम्मेदवारी …

पुरा पढ्नुहॊस »