देउवाले बोलाए सांसदहरूको भेला

काठमाडौँ । समानुपातिकको समेत अन्तिम निर्वाचन परिणाम आइसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पहिलो पटक सबै सांसदको भेला बोलाएका छन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।

सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका छन् ।

उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत उनले यसबारे जानकारी पाएका थिए । केही सांसदहरूलाई भने उपसभापति धनराज गुरुङले भेलाबारे जानकारी गराएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस