देउवाले बोलाए सांसदहरूको भेला

काठमाडौँ । समानुपातिकको समेत अन्तिम निर्वाचन परिणाम आइसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पहिलो पटक सबै सांसदको भेला बोलाएका छन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।

सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका छन् ।

उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत उनले यसबारे जानकारी पाएका थिए । केही सांसदहरूलाई भने उपसभापति धनराज गुरुङले भेलाबारे जानकारी गराएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री