News desk

मोरङमा बोराभित्र महिलाको शव फेला

काठमाडौं । मोरङको बुढीगंगा-२ अमाहिमा एक महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले बताए । उनका अनुसार अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ । यसबारे अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

भारतद्वारा नेपाललाई दुई सय थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण

काठमाडौँ । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरे । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने …

पुरा पढ्नुहॊस »

२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ : दुर्गा प्रसाईँ

काठमाडौँ । समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दे १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए । देशमा भएका युवाहरु मध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवाहरु …

पुरा पढ्नुहॊस »

राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्च पुगे सन्दीप

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेका हुन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश …

पुरा पढ्नुहॊस »

भाइदेगा मन्दिर पुनर्निर्माणका लागि रोटरी क्लब अफ पाटन हेरिटेजको पैदलयात्रा

काठमाडौं । रोटरी क्लब अफ पाटन हेरिटेज शिवरात्रिका दिन पदयात्रा गरेको छ । ललितपुरको मंगलबजारस्थित भाइदेगा मन्दिर पुनर्निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले पदयात्रा गरिएको हो । दरबार स्क्वायरबाट बिहान ७ बजे सुरु  भएको पैदलयात्रा पदमार्ग पुल्चोक, अलेश्वर महाविहार,भनिमण्डल, जलविनायक, पांगा बसपार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिर प्रांगणमा समापन भएको थियो । पैदलयात्रामा संस्कृति मन्त्री सुदन किराती, ललितपुर महानगरपालिकाका मेयर  मेयर चिरिबाबु महर्जन लगायत दुई हजारभन्दा बढीको उपस्थिती थियो  । ललितपुर दरबारस्क्वायरको दक्षिण–पश्चिमतर्फ …

पुरा पढ्नुहॊस »

स्याङ्जामा ट्याक्टर दुर्घटना, चालक-सहचालक दुवैको मृत्यु

काठमाडौं । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो । गए राति ढुङ्गा बोकेको ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय …

पुरा पढ्नुहॊस »

चन्द्र भण्डारीको स्वास्थ्य अपडेट- हटाइयो भेन्टिलेटर

काठमाडौँ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । आगाले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको हो । भारतको मुम्बईमा उपचाररत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ । स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले भनेका छन् । …

पुरा पढ्नुहॊस »

‘छक्का पञ्जा-४’को ट्रेलर ट्रेन्डिङमा (ट्रेलरसहित)

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-४’को ट्रेलर युट्युबको ट्रेन्डिङमा रहेको छ । युट्युब सार्वजनिक चलचित्रको ट्रेलर छोटो समयमै एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्रको ट्रेलरले समसामयिक राजनीनितलाई व्यंग्य गरेको छ । नेपाली राजनीतिमा रहेको विकृतिका कारण युवा पुस्ताले देशै छोड्नु परिरहेको अवस्थालाई चलचित्रले व्यंग्य गरेको छ । चलचित्रको ट्रेलरमा नीर शाह, दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, रमेश बुढाथोकी, केदार …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले साढे दुई अर्बको बचतपत्र जारी गर्ने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवर्षे अवधिको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले चैत ६ गतेदेखि दुई अर्ब ५० करोडको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको हो । बचतपत्रको ब्याजदर ११.५० प्रतिशत रहेको छ भने इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको ब्याजदर छ-छ महिनामा भुक्तानी हुनेछ भने ब्याज खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिम सरकार पाँच वर्ष टिक्छ : मुख्यमन्त्री शाह

काठमाडाैँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरेका हुन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको भेटघाट गर्दै शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताए । ‘विश्वासको मतका लागि सबै दलहरुसँग सकारात्मक छलफल …

पुरा पढ्नुहॊस »