rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. सार १३, २०८१ ई.सं. 27 Jun, 2024 शक संवत् १९४६ नेपाल संवत् ११४४ तछलागा कालयुक्त उत्तरायण ग्रीष्म बिहीबार आषाढ कृष्णपक्ष तिथि षष्ठी २०:३१ बजेसम्म, त्यसपछी सप्तमी नक्षत्र शतभिषा १४:०० बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा योग प्रीति ०६:१२ बजेसम्म, त्यसपछी आयुष्मान् ०३:१३बजेसम्म, त्यसपछी सौभाग्य करण गर ०९:४२ बजेसम्म, त्यसपछी वणिज २०:३१बजेसम्म, त्यसपछी भद्रा चन्द्रराशि कुम्भ आनन्दादि योग वज्र दिनमान १३:५० सूर्योदय ५:१२ सूर्यास्त १९:०२ सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक कार्यमा सरिक भइनेछ । शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । प्रेममा पनि वाधा आउनसक्छ, तर शुभकार्यको चर्चा भने चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधुरो काम पूरा हुनेछ । मन्दिर दर्शनका लागि यात्राको सम्भावना छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु, स्याङ्जामा आमाछोरी बिते

काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ भने १ …

प्रतिकृया दिनुहॊस