News desk

निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी/व्यवसायीहरूलाई आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ ।  आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो । निजी क्षेत्रका विभिन्न नेतृत्वदायी संगठन तथा व्यक्तिहरू सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले ‘व्यवसायिक …

पुरा पढ्नुहॊस »

१० हजार युवालाई रोजगार दिने उमेश श्रेष्ठको घोषणा

काठमाडाैं । चितवन २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बनेका उमेश श्रेष्ठले चितवन २ मा १० हजार युवालाई रोजगार दिने घोषणा गरेका छन् । चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो वाचा गरेका हुन् । उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं रोजगारी सृजना गर्ने बताए । इच्छाकामनाका पहाडहरुमा लघुउद्यम सञ्चालन गरेर यहाँको समग्र आर्थिक विकास र रोजगार सृजना गर्ने उनको …

पुरा पढ्नुहॊस »

५० लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक

काठमाडौं । प्रभु बैंकका संस्थापक शेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्ने छन् । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य …

पुरा पढ्नुहॊस »

विवाहकाे माैसमसँगै आर्यन र बेनिषाले ल्याए ‘आउन राजा’

काठमाडौँ । मंसिर महिना लाग्ने बित्तिकै हिन्दु धर्म परम्पराअनुसार विवाहको मौसम आएको छ । शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ । हामीकहाँ विवाहलाई एक यस्तो बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माको पवित्र बन्धन हुन्छ । वैदिक संस्कृति अनुसार जीवनको महत्त्वपूर्ण सोह्र संस्कारमध्ये विवाह पनि एक हो । यस संस्कार बिना जीवन अपूर्ण मानिन्छ । हाम्रो मात्रै सभ्यतामा नभएर संसारभरकै …

पुरा पढ्नुहॊस »

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो । फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्बभन्दा बढीको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तनसमेत आएको छ । फोनपेको …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र दराज प्रालिबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले दराजसँग ११.११ को अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् । बैंकमा खाता रहेका ग्राहकले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद …

पुरा पढ्नुहॊस »

पाँच ५ वर्षमा गरेका कामले मतदाताको मन जितेको छु : प्रकाशमान सिंह (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफूले मतदाताको मन जित्न सफल भएको दावी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार सिंहले विगत ५ वर्षमा आफू नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको जिकिर गरे । मंगलबार बिहान चुनावी घरदैलो कार्यक्रमका क्रममा उनले आफूलाई मतदाताले ३ पटकसम्म विश्वास गरेको तर सुरुको २ पटकको समय संविधान निर्माणको काममा व्यस्त हुनु परेको स्पष्ट पारे । संविधान र्निमाण पछि भने …

पुरा पढ्नुहॊस »

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजावी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

डडेलधुरामा देउवालाई एमालेको मौन समर्थन छ : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा छन् । प्रतिनिधि सभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहौल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन् । मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखेको प्रतिक्रिया दिए । ‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान् …

पुरा पढ्नुहॊस »

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

काठमाडौं । बीमा समिति प्राधिकरणमा रुपान्तरण भएको छ । समितिको नामबाट बीमा कम्पनीको नियमन गर्दै आए पनि आजबाट भने प्राधिरणको नामबाट नियमन हुनेछ । बीमा ऐन२०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारवाही प्राधिकरणमा रुपान्तरण भएको हो । सो ऐन भदौ अन्तिममा संघिय संसदबाट पारित भएको बीमा विद्ययेक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी थिइन्। प्रमाणीकरण भएको एक महिनामा लागू हुने कानुनी प्रावधान अनुसार ऐन मंगलबारबाट लागू हुदैछ। त्यसैले समितिले …

पुरा पढ्नुहॊस »